रातारात यसरी आइलागिन् रानी
राजेन्द्र स्थापित
थाइल्याण्डका राजा महाबजिरालोङकर्नको शनिबारदेखि थालिएको राज्याभिषेक कार्यक्रम सोमबार सम्पन्न भएको छ । तीन दिनसम्म ठूलो तामझामसाथ मनाइएको कार्यक्रमका लागि राज्यले ३ करोड डलरभन्दा बढी खर्च गरेको थियो । ७६ प्रदेशबाट बैंकक ल्याइएको जलमा बजिरालोङकर्नले नुहाए । बेलायती महारानी एलिजाबेथले लगाउने श्रीपेचभन्दा ७ गुणा गह्रुँगो (७.३ किलो) मुकुट लगाए । लावालस्करसहित नगर परिक्रमा गरे । देवराजाको उपाधि प्राप्त गरे । सम्पूर्ण धार्मिक संस्कार बौद्ध भिक्षु तथा हिन्दु ब्राह्मणहर…