नेपालबाट अपहरण, भारतमा बलात्कार

नेपालबाट अपहरण, भारतमा बलात्कार

१६ वर्षीया किशोरीलाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका–७ बरेवा टोलका गफार मियाका छोरा १९ वर्षीय इर्साद अन्सारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए । अन्सारीसहित तीन जनाले २०७७ चैत पाँच गते नाबालिकालाई कलैया–१ बाट डर त्रास देखाएर अपहरण गरी भारतको लुधियानामा बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोप छ ।

अपहरण,शरीर बन्धक, जबर्जस्ती करणी तथा मानव बेचबिखन र ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई गत शुक्रबार असार ३ गते कलैया उपमहानगरपालिका–५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । अन्सारीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा पुर्पक्षका लागि वीरगन्ज कारागार पठाइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

टिप्पणीहरू