कोरोनाको सम्मान कि नेपालीको अपमान ?

कोरोनाको सम्मान कि नेपालीको अपमान ?

अहिले त राहत र उद्दारका काम महत्त्वपूर्ण हुन् तर याे संस्थाले कसरी, के आधारमा काेराेना हिराे अवार्ड वितरण गरिरहेकाे छ ?

विश्वजगत नै यतिबेला काेराेना भाइरस महामारीको चपेटामा छ, कोरोनाले प्रभावित र प्रताडित छन् मानवहरु । त्रास बढेको छ,शक्तिशाली मुलुकलाई समेत र बिज्ञानको लागि ठूलो चुनौती बनेको छ,कोरोना नियन्त्रण तर यस्तो संकटमा पनि कसैलाई हिरो बन्न र बनाउन हतार छ ।
कोभिड १९ को हिरो अवार्ड दिएर सम्मान जस्तो सभ्य शब्द र महान कार्य माथि भद्दा मजाक गर्न थालेको गुनासो झेल्दैछ हामी ग्लोबल नेपाली नामक सँस्थाले ।

अमेरिकाकाे न्युयोर्कमा स्थापित नेपालीहरुकाे संस्थाले यस्तो बेला अनावश्यक अवार्ड वितरण गर्न लागेको हो । हामी नेपाली ग्लोबल नामक संस्था २०१९ काे नाेभेम्बरमा विश्वभर विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको थियो । जात,धर्म र राजनीतिबाट अलग हुने समग्र नेपालीहरु मिलेर नेपालकाे लागि समर्पित हुने उदेश्यले स्थापना भएको भनिएको सँस्थाका अध्यक्ष अमृत लामाले काेभिड १९ हिराे अवार्ड बितरण भन्दै गत हप्ताबाट हालसम्म करिब २ सय बढि नेपालीलाई सम्मानित गरेको भन्दै   यो जानकारी फेसबुकमा पोस्ट गरेर दिने गरेका छन्। नेपालस्थित केही कलाकार,शिक्षक, पत्रकार, विभिन्न संघ संस्थाका ब्यक्तिहरुलाई फेसबुकमा राख्दै अवार्डद्वारा सम्मान दिने गरिएको छ ।

हामी नेपाली ग्लोबलका अध्यक्ष लामा पूर्व चलचित्र कलाकारसमेत हुन् । अध्यक्ष लामाले संस्थाको विधानभन्दा बाहिर गएर काम गर्न थालेपछि महासचिव मंगलदास श्रेष्ठले राजिनामा दिएर अलग भैसकेका छन्।त्यसपछि अध्यक्षका कार्य झन आलोचनात्मक हुने गरेका छन् । ‘अहिले त राहत र उद्दारका काम महत्त्वपूर्ण हुन् तर याे संस्थाले कसरी,के आधारमा काेराेना हिराे अवार्ड वितरण गरिरहेकाे छ ?’

नेपालमा पनि कार्यालय खाेलेर नेपाल कार्यसमिति गठन गरिएको थियोे । अध्यक्ष अमृत लामाले सुरुमा अफिसकाे भाडा तिरिदिनेदेखि अन्य सपना बाँडेको तर पछि थर्काउन,आदेश दिन थालेपछि नेपाल कार्यसमिति  निष्क्रिय छ । बिमल खड्का नेपाल कार्यसमितिको अध्यक्ष थिए, केन्द्रका अध्यक्ष लामाले जे मन लाग्छ त्यहि गर्ने, निर्देशन दिने,इच्छा लागेअनुसार पद बाँड्ने गरेको बताइन्छ ।लामाको एकलौटी र मनपरि कार्यका कारण केन्द्रीय कार्यसमितिमा उनी अल्पमतमा छन् ।

लामाले नेपालको समिति हुँदाहुँदै पशुपति अन्नपूर्ण आश्रमसँग सहकार्य गर्न थालेका छन् । रमाइलो कुरा के छ भने अन्नपूर्ण आश्रमले अमृत लामालाई यसै साता महान समाजसेवीकाे रुपमा सम्मान गर्याे भने फेरि अमृत लामाले अन्नपूर्ण आश्रमका प्रा. डा. जगदीश वैद्यलाई हामी नेपाली ग्लोबलकाे प्रमुख संरक्षककाे रुपमा नियुक्त गरे । पछिल्लो समय अन्नपूर्ण आश्रमले हामी नेपाली ग्लोबललाई र हामी नेपाली ग्लोबलले अन्नपूर्ण आश्रमलाई सम्मान गर्ने काम भैरहेको छ ।

दुबै संस्था विस्तारै जात र धर्मतिर केन्दृत हुन थालेको पनि स्रोतले बताएको छ । हामी नेपालीले कुनै पनि जात,धर्म र पार्टीकाे पछि नलागेर विशुद्ध समाजसेवा गर्ने भन्ने विधानमा उल्लेख्य छ तर उसले पशुपति अन्नपूर्ण आश्रमसँग मात्रै सहकार्य गर्न थालेपछि यसको थप आलोचना सुरु भएको छ ।

पछिल्लो समय अन्नपूर्ण आश्रमले हामी नेपाली ग्लोबललाई र हामी नेपाली ग्लोबलले अन्नपूर्ण आश्रमलाई सम्मान गर्ने काम भैरहेको छ ।

टिप्पणीहरू