‘अन्तर्वार्ता दिनसक्ने, फोटो दिन नसक्ने’

‘अन्तर्वार्ता दिनसक्ने, फोटो दिन नसक्ने’

कसले ईलाको बिरुद्ध खबर फैलायो होला ?’ भनेर चौधरीले राखेको जिज्ञासामा पौडेलले ‘कसले हुन्छ, तपाईंकै सेलिब्रिटी सिईओको काम होला नि’ भनेर छुस्की लगाइदिएका थिए ।

राष्ट्र बैंकको एकीकृत निर्देशनमा असहज अवस्थामा बैंक तथा वित्तीय संस्थाले बोर्ड बैठक भिडियो कन्फरेन्स (भर्चुअल मिटिङ्ग) बाट पनि गर्नसक्ने व्यवस्था छ । सर्वत्र कोरोनाको त्रासले मुलुक झण्डै दुई महिनादेखि लकडाउनमा छ । तर पनि नबिल बैंकको आइतबार साँझको बोर्ड बैठकमा सञ्चालकहरु सशरिर उपस्थित भए । बैठकस्थल बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग पनि थिएन न अध्यक्ष शम्भुप्रसाद पौडेलको निवास डिल्लीबजार नै । बोलाइएको थियो,ललितपुर सानेपास्थित डलर अर्बपति तथा काङ्ग्रेस सांसद विनोद चौधरीको निवासमा ।

बैठकस्थलमा अध्यक्ष, कम्पनी सचिव, केही सदस्य र तिनका चालक गरी झण्डै एक दर्जन भेला भए । विषम परिस्थितिमा स्वयम् अध्यक्षको घर वा निवासमा बोर्ड बैठक बस्नु कुनै नौलो नहुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । तर, अहिलेको अवस्थामा घर वा कार्यालयमा भन्दापनि भर्चुअल मिटिङ्गमा जोड दिनुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यस्तो महामारीमा बैंकको बोर्ड बैठक चौधरी निवासमा बस्नुको मनासिब कारण पनि देखिँदैन । नबिल बैंकमा विनोद र चौधरी समूहको ठूलो परिमाणमा सेयर लगानी छ । उनका छोरा निर्वाणकुमार चौधरी सञ्चालक समितिका सदस्य हुन् तर,बोर्ड अध्यक्ष भने शम्भुप्रसाद पौडेल छन् ।

स्रोतका अनुसार ईला शर्माले त्यहि बैठकमा राजीनामा बुझाएपछि बोर्डले तत्काल स्वीकृत गरेको थियो । ‘कसले ईलाको बिरुद्ध खबर फैलायो होला ?’ भनेर चौधरीले राखेको जिज्ञासामा पौडेलले ‘कसले हुन्छ, तपाईंकै सेलिब्रिटी सिईओको काम होला नि’ भनेर छुस्की लगाइदिएका थिए ।

त्यसपछि बैठकमा सबैजना अर्का सञ्चालक उपेन्द्रप्रसाद पौडेलमाथि खनिए । उनले हालै एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा यसअघि उनी सिईओ रहेको एनएमबी बैंकको परिचयपत्र देखिएको फोटो प्रकाशित भएकोमा सबैले सातो लिए । ‘अन्तर्वार्ता दिनसक्ने तर आफ्नो एउटा गतिलो फोटो दिन नसक्ने पनि के को नबिल बैंकको सञ्चालक !’ सबैजना पौडेललाई खिसीट्युरी गर्दै चौधरी निवासबाट बाहिरिएका थिए ।

टिप्पणीहरू