राष्ट्रपतिको बेइज्जत गर्ने पात्र जेलमा
भिआइपीले क-कसको निम्तो मान्ने र कहाँसम्म जाने ? यो महामारीको समयमा यौटा यस्तो भिडियो सार्वजनिक भएको छ जसले माथि उल्लिखित प्रश्नको सरकारसङ्ग स्पष्ट जवाफ माग्छ ।
भिडियो सम्माननीय रास्ट्रपति उपस्थित कार्यक्रममा मुख्य आयोजकको सुरुवाल खुस्किएको विषयसङ्ग सम्बन्धित छ । रास्ट्रपतिको आगमन हुनुअगाडिदेखि नै इजार फुस्किएर सुरुवाल भुइँमा लतृएको र सङ्गै प्रमुख अतिथि मन्चमा बसिसक्दा पनि सुरुवाल तान्दै गरेको यो दृश्यले दिएको स्पष्ट सन्देश हो, अति बिशिस्ट ब्यक्तिहरु सस्तो हुनुभएन, बोलाएको जति ठाउँमा जानुभएन । यस्तो प्रश्न उठाइनुमा किन पनि अन्यथा मानिनुहुन्न भने आफ्नो सुरुवाल सम्हाल्न नसक्ने ती पात्र पत्नी र बुहारीमाथि घरेलु हिँसा गरेको अभियोगअन्तर्गत यतिबेला नक्खू कारागारमा छन् । नाम हो, पुनम ब्यास, बसाइ चाबहिल, कारोबार: उन उत्पादन ।
१२ अप्रिल २०१७ मा पहिलोपटक सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो हिजोदेखि सामाजिक सञ्जालमा छरपष्ट छ । मलपोखरीस्थित जैन निकेतन भवनमा आयोजित कार्यक्रम हो त्यो । भनिएको छ कल्याणिक महोत्सव । ती पुरुषले जानीजानी त्यस्तो गरे या उनको नियत नै त्यस्तै हो ? यकिन छैन ।
टिप्पणीहरू