पशुमाथि पशुपतिनाथभित्रै ज्यादति
सरकारले गाईलाई राष्ट्रिय जनावर घोषणा गरेको छ । तर, दुई सयभन्दा बढी बेवारिसे गाइबाच्छा उद्दार गरेर पाल्दै आएका रामबहादुरले अहिलेसम्म एक केजी नुन सरकारबाट पाएका छैनन् । अझ पनि हिन्दु संस्कारमा गर्भदेखि मृत्युसम्म गहुँत नभई कर्म चल्दैन ।
सिंगो विश्व समुदाय मानवीय संकटसँग जुझिरहेको बेला धार्मिक आस्थाको प्रख्यात तीर्थस्थल पशुपतिनाथमा भने पशुमाथि नै ज्यादती शुरु भएको छ ।
पशुपतिक्षेत्र विकास कोषभित्रै निःस्वार्थ ढंगबाट सञ्चालित नन्दी गौशालालाई अबको तीन साताभित्र जग्गा खाली गरिदिन भन्दै पत्र काटिएको छ । त्यहाँ सयभन्दा बढी बेवारिसे गाई, बाच्छा–बाच्छी पालिँदै आएको छ । जग्गा खालि भएपछि सबभन्दा बिजोग हुन्छ,तिनको ।
लकडाउनकै समयमा गत वैशाख २८ मा यस्तो पत्र काटिएको हो । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको हस्ताक्षर रहेको पत्रमा महिना दिनभित्र सो क्षेत्र खालि नगरिदिए कोषको नियमानुसार कारवाही गरिने उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोषभित्रै१६ रोपनी क्षेत्रफलमा झण्डै एक सय बेबारिस गाई बाच्छा र साढेहरु पालिँदै आएको छ । त्यसलाई नन्दी गौशाला भनिन्छ ।
पशुपतिक्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव गोविन्द टण्डनले नन्दी गौशालाका सञ्चालक रामबहादुरको कामबाट प्रभावित भएर पाँच वर्ष पहिला त्यहाँ गौशाला सञ्चालनको लागि अनुमति दिएका थिए, सञ्चालक समितिबाटै निर्णय गराएर ।
कोषका पूर्वसदस्य सचिव तथा संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार, पशुपति मन्दिरमा हरेक पूर्णिमामा नन्दी बृषोद शर्गका रुपमा स–साना बाच्छा चढाइन्छ । र,त्यसलाई साँढे बनाएर छोडिन्छ । यसरी बर्षेनी चढाइने साढेको संख्यामात्र १३ वटा हुन्छ । अन्य व्यक्तिले समेत यसैगरी पशुपतिमा शर्गका रुपमा साँढे चढाउँछन् । त्यसरी चढाइएका साँढे छाडा बनेर त्यत्तिकै छोडिँदा तिनले पशुपति परिसरभित्र जथाभावी गोब्राएर, त्यही गोबरमा चिप्लेर भक्तजनदेखि सर्वसाधारणसमेत बाटैमा लड्ने र विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिक्षेत्र दुर्गन्धित हुने अवस्था थियो ।
अझ, मन्दिरमा पुगेका भक्तजनलाई समेत साँढेले हान्ने र त्यही डरले भाग्नुपर्ने हुन्थ्यो । ती बाच्छा–बाच्छी र साँढेको रेखदेख तथा हेरचाह कोष आफैंले गर्न असमर्थ भएपछि क्षेत्र विकास कोष सञ्चालक समितिको निर्णयबाटै नन्दी गौशालालाई साढे १६ रोपनी जग्गा दिएर गौशाला सञ्चालन हुँदै आएको थियो ।
गौशाला सञ्चालनका लागि रामप्रसाद न्यौपानेले कोषबाट पाएको सहयोग यतिमात्र हो । उनीद्वारा सञ्चालित सो गौशाला कुनै आधुनिक व्यावसायिक गाई फर्मभन्दा कम छैन । तर न त उनले त्यो व्यापारिक प्रयोजनका लागि चलाएका हुन्, न पशुपति आसपास र सडकमा बेवारिसे ढंगले छाडिएका गाइबस्तु उद्धार गर्ने उद्देश्यले पाँच बर्षदेखि उनी निःस्वार्थ गाईको सेवामा होमिएका पात्र हुन् । तर,यो गाई फर्म सञ्चालनार्थ पाएका दुःखका पहाड लेखिसाध्य छैनन् ।
कोष सदस्यहरुसँग दिनको १० रुपैयाँका दरले उठाएर गौशाला चलाइरहेका छन् । उनले बेवारिसे गाईमात्र पालेका छैनन्,सडकमा भेटिएका टुहुरा र बेवारिसे बच्चाहरुको उद्धार गरेर पाल्दै आएका छन् । यस्ता बालबच्चा ३० को हाराहारीमा छन् । यसरी उद्धार गरेर पालिएका बालबच्चालाई कोही भेटनरी त कोही डाक्टरी पढाइरहेका छन् ।
कोषको उदेश्य रामप्रसादलाई त्यहाँबाट लखेटेर व्यापारिक प्रायोजनका लागि १५ रोपनी जमिन प्रयोग गर्ने हो । सरकारले गाईलाई राष्ट्रिय जनावर घोषणा गरेको छ । तर, दुई सयभन्दा बढी बेवारिसे गाइबाच्छा उद्दार गरेर पाल्दै आएका रामबहादुरले अहिलेसम्म एक केजी नुन सरकारबाट पाएका छैनन् । अझ पनि हिन्दु संस्कारमा गर्भदेखि मृत्युसम्म गहुँत नभई कर्म चल्दैन । तर,त्यही राष्ट्रिय जनावरमाथि ‘आराध्यदेव’ मानिने भगवान पशुपतिनाथका नामबाट सञ्चालित कोषका सञ्चालकबाट समेत प्रहार भइरहेकोप्रति रामप्रसाद दुःख प्रकट गर्छन् ।
सदस्य सचिव प्रदीप ढकाल पिताको बर्षान्तमा छन् । यही मौका छोपेर घनश्यामहरुले एक महिनाभित्रै सो क्षेत्र खालि गरिदिन पत्र काटेका हुन् । यस्तो व्यवहारप्रति नमीठो मान्दै डा. टण्डनले जनआस्थासँग भने, ‘रामप्रसाद त्यहाँ आफ्नो सम्पत्ति जोड्न आएका होइनन्, निःस्वार्थ गाई, बाच्छा–बाच्छीको सेवामा लागेका मान्छे हुन् । उनैले गरेजति काम अरु कसैले गरेर त्यहाँ देखाओस् त ! ’
टिप्पणीहरू