चोरबाटो प्रयोग गरेर घर फर्किएकाहरूबाट फैलंँदै कोरोना
खुल्ला सिमानाको फाइदा उठाउँदै चोरबाटो प्रयोग गरेर नेपाल फर्किनेहरूमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।
संक्रमित दुईमध्ये विराटनगर महानगरपालिका ६, झरना टोलकी २९ बर्षिया महिला, रतुवामाई नगरपालिका १ का २४ बर्षिय युवक र झापा केचनाकवलका युवाहरु सबै चोरबाटो प्रयोग गरेर भर्खरै भारतबाट फर्किएका थिए । झापाको कचनकवल गाउँपालिकामा फेला परेका संक्रमितहरु पनि भारतको मुम्बईबाट लुकिछिपी आएका थिए । ११ जनाको टोली लुकेर आएको पाइएपछि उनीहरु सबैलाई स्थानिय पथरीया माविको क्वारेन्टाइमा राखिएको थियो । र ती मध्ये ९ जना पहिलो चरणमा संक्रमित पाइएका थिए ।
प्रदेश नं १ मा कोरोना संक्रमितहरु सख्या ७६ पुगिसकेको छ । ती मध्ये भारतबाट लुकिछिपी आएकाहरुबाट धेरै जना संक्रमित भैरहेका छन ।
प्रदेश नं १ मा सुनसरी, मोरङ र झापाामा भारततर्फ खुल्ला सिमाना छ । आउजाउ नहोस भनेर नेपाल प्रहरी र शसस्त्र प्रहरीले कोरोना चेकपोष्ट र क्याम्प बढाएका छन । कतै एक किलोमिटर त कतै दुई किलोमिटरमा अस्थायी क्याम्प छन । तर दुवैतर्फ खुल्ला र घना मकैबारी भएकोले मानिशहरु लुकेर नेपाल आउने गरेका छन । गस्तिमा बसेका सुरक्षाकर्मीले लौरो लिएर ओहोरदोहोर गरेपनि रातीको समयमा भने गस्ति संभव हुदैन । र सबै सुरक्षाकर्मीसँग टर्च पनि छैन । मोवाइलको उज्यालाले राती ओहोरदोहोर गर्ने कुरा पनि भएन । यसैले मानिशहरु अझै चोरबाटो प्रयोग गरेर नेपाल आइरहेका छन । कसैलाई चाँही एसएबीले नै दशगजामा ल्याएर राती छाडिदिने गरेको छ ।
बेगुसराय माइतीबाट ६ दिनअघि चोरबाटोबाट घर फर्केकी थिइन् संक्रमित महिला
संक्रमित महिला भारत विहार राज्यको बेगुसराय जिल्ला स्थित माइती घरबाट ६ दिनअघि मात्र चोरबाटोबाट घर फर्केकी थिइन् । उनीसँगै सोही टोलका १० जना मानिसहरु आएका थिए ।
लकडाउनअघि माइत गएकी सहनी थरकी ती महिला घर फर्कन पाएकी थिइनन् । परिवारको आग्रह र आफन्तको सहयोगमा उनी चोरबाटोबाट विराटनगर ३२ बैसाखमा सुटुक्क घर आएकी थिइन् । लकडाउनमा भारतबाट चोरबाटोबाट घर आएको थाहा पाएपछि टोलबासीले वडा कार्यालयमा सूचना दिएका थिए । त्यसपछि विराटनगर महानगरपालिकाले महिलासहित १० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये महिलाको कोरोना पोजेटिभ पाइएको थियो ।
झरना टोलमा सिल
सक्रमित फेला परेको विराटनगर ६ स्थित झरना टोललाई महानगरपालिका प्रशासनले सील गरेको छ । तर त्यहाँ अरु के कति मानिसको परीक्षण गर्नुपर्छ भन्नेबारे यकिन भैनसकेको वडा अध्यक्ष बिजय कामतले बताए । उनका अनुसार सिल गरिएको बस्ती भित्र धेरै जसो दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्नेहरु बसोवास गर्दै आएका छन ।सिल गरिएको टोललाई नगर प्रहरी र नेपाल प्रहरी अनि स्थानियहरुले आफनै निगरानी गरिरहेका छन ।
भारतको मुम्बईबाट २ जेठ राति सुटुक्क घर आएका थिए युवक
यता रतुवामाई नगरपालिका प्रमुख रविन राईका अनुसार २ जेठ राती चोरबाटोबाट २४ बर्षिय घर आएको सूचना पाएपछि नगरपाकिाले उनको परिवार सहित १२ जनालाई ३ बैसाखदेखी स्थानिय मदर्रसामा क्वारेन्टाइमा राखिएको थियो । भारतबाट फर्केका युवको कोरोना जाँच गर्ने क्रममा सोमबार पोजेटिभ पाइएको हो ।
मेहतर बस्ती र आसपासका टोल पनि सिल
एक जना ३४ बर्षिय युवक कोरोना संक्रमति फेला परेपछि विराटनगर १५ हडतालीहाट स्थित मेहतर बस्ती र आसपासका टोलमा पनि प्रशासनले सील बन्दि गरेको छ । राजमार्गमै टाँसिएर रहेको मरिक बस्तीका कसैलाई पनि वरवर नजान र गएमा कार्वाही गर्ने प्रशासनले चेतावनी दिएको छ । मरिक बस्तीमा बसोवास गर्ने संक्रमति व्यक्त्ति विराटनर महानगरपालिकाको सफाई कर्मचारी हुन । उनको घरमा पनि केही दिन अघि भारतबाट पाहुना आएको स्थानियहरु बताउँछन । तर उनलाई कसरी कोरोना संक्रमित भयो भन्नेबारे हिस्ट्रि बुझने काम भैरहेको छ ।
कचनकबल गाउँपालिका पनि सिल
भारत मुम्बईबाट फर्किएकाहरुबाट कोरोना संक्रमित भएपछि सिँगो कचनकबल गाउँपापलिका सिल गरिएको छ । यहाँ मंगलबार ९ र बुधबार १५ जना संक्रमित पाइएका छन ।
अघोषित नाकाबन्दीमा परेको भन्दै मरिकहरु आक्रोशित
प्राय नरपालिकामा काम गर्ने सफाई कर्मचारीहरु बसोबास गर्ने हडतालीहाट स्थित मेहतर बस्तीमा कोरोना संक्रमित फेला परेपछि मरिकहरु आक्रोशित बनेका छन । उनीहरु प्रशासन र महानगरपालिकाले गर्दा आफुहरु अघोषित नाकाबन्दिमा परेको आरोप लगाउँछन उनीहरुलाई प्रशासनले कतैपनि हिडडुल गर्न रोक लगाएको छ । उनीहरुलाई वरिपरिका टोलबासीहरुले पनि आउजाउमा रोक लगाएका छन् ।
लकडाउमा आफुहरु पहिलदेखी नै भोकभोकै परिरकेो र टोल सिल गरेपछि भोकभोर्क पर्नै थालेको स्थानिय जोगिन्दर मरिकले बताए । उनीहरुका अनुसार टोलका कुनै पनि पसलमा मरिकहरुलाई कसैले समान किन्न दिएका छैनन । यसैले बिहानैदेखी टोलका धेरै जना भोकभोकै बस्नुपरिरहेको उनीहरुले बताए । कोरोनाको बिरामी फेलापरेपनि बस्तीमा अरुको स्वाव संकलन नगरेको र खानाको व्यावस्था नगरको उनीहरुको गुनासो छ । मरिक बस्तीमा मात्र ४० घर परिवार बसोवास गर्दै आएका छन् ।
टिप्पणीहरू