जसले फरुवाले हानेर बाबुको हत्या गरे र घरभित्रै गाडे
दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसाले लकडाउनका बेला रक्सी पिएर जेठा र माइला छोराले आफनै बाबुको हत्या मात्र गरेनन घरभित्रै खाल्डो खनेर गाडेपछि सँगै रक्सी पिएर बिदा भएका थिए ।
विराटनगर महानगरपालिका– १४ का ६९ वर्षिय सीताराम चौहानको हत्या उनकै जेठा छोरा २९ बर्षिय रोहित र २६ बर्षिय नागेन्द्र चौहानले रक्सीको सुरमा ३ जेठ साँझ हत्या गरेर घरभित्रै खाल्डो खनेर पुरेका थिए । त्यसपछि उनीहरु फेरि सँगै रक्सी खाएर छुटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शनिबार राती ८ बजे रक्सी खाएर घर पुगेका दुई छोराले बुबालाई समान्य बिबादमा कोदालो प्रहार गरेर हत्या गरेका थिए ।
यसरी मारेका थिए दाजुभाइले
प्रहरीका अनुसार सीतारामका तीन जना छोरा छन । ठेला कुदाउने कान्छा छोरा लकडाउनपछि बेपत्ता छन । जेठा र माइला छोरा जनमजुदरी गरेर जिविका चलाउथे । विवाहित माइला छोरा विराटनगरको भट्टीमोडमा परिवारसँगै बस्ने गर्थे । अविवाहित जेठा रोहितचाँही बाबुसँगै घरमा बस्थे । मजदुरीबाट कमाएको पैसा उनीहरुले बुबालाई पनि दिने गरेका थिए ।
शनिबार नागेन्द्र र रोहितले जनमजदुरी गरेको १८ सय र १६ सय रुपैयाँ पाएका थिए । त्यो दिन उनीहरुले केही कपडा किनेर बाँकी पैसाले मस्त रक्सी खाएका थिए । कमाएको पैसा रक्सीमा खर्च भएपछि शनिवार साँझ जेठा रोहिते बाबु सितारामको गालीबाट जोगिन भाइ नागेन्द्रलाई पनि घरमै लिएर गएका थिए । घर पुगेपछि बाबुले कमाएको पैसा मागेपछि उनीहरु बिच बिबाद सुरु भएको थियो । पैसा नदिएको झोंकमा बाबु सितारामले गालीगर्दै उनीहरुलाई खाटबाट लडाईदिएका थिए । रक्सीको झोंकमा रोहितले कोदालो टिपेर बाबुको टाउकोमा प्रहार गरेर हत्या गर्छन । छोराले हानेको कोदालो लागेर ठाउँको ठाउँ ठहरै भएका बाबु सितारामलाई दाजुभाइ मिलेर अपराध लुकाउन घर भित्रै खाल्डो खनेर पुरिदिएका थिए । अनि राती अवेर सम्म रक्सी खाएर दाजुभाइसँगै सुतेका थिए ।
बुहारीको सहयोगले पुग्यो प्रहरीमा सूचना
बाबुको हत्या गरि घरभित्रै पुरेर ४ जेठ आइतबार बिहान विराटनगर फर्केका भाइ नागेन्द्रको सर्टमा रगत लागेको उनकी श्रीमतीले देखेकी थिइन । लकडाउनको बेला सधै पैसा माग्न आइरहने ससुरा सिताराम चार दिनसम्म बेपत्ता भएपछि बुहारी श्रीमान नगेन्द्रलाई लिएर बाबुको घर पुगेकी थिइन । घरभित्रै खाल्डो खनेर पुरेको आलोमाटो देखेपछि उनले श्रीमान नगेन्द्रलाई लिएर इलाका प्रहरी रानीमा गएर खवर दिएकी थिइन ।
सूचनाका अधारमा इप्रका रानीबाट खटिएको प्रहरीले बुधबार साँझ उत्खनन गर्दा बाबु सितारामको शब बरामद गरेको थियो । साँझ आफै घटनास्थल पुगेका एसपी अधिकारीका अनुसार दुबै दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुबैले अपराध स्विकार गरेका थिए । प्रहरीले दुबैलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएको छ ।
टिप्पणीहरू