आफ्नै जर्नेलको भनाइ सम्झे पुग्छ

आफ्नै जर्नेलको भनाइ सम्झे पुग्छ

भारतले छ महिनाअगाडि एकतर्फी नक्सा निकाल्दा नेपाललाई सोध्नु नपर्ने । नेपालले आफ्नो नक्सा निकाल्दाचाहिँ भारतलाई सोध्नुपर्ने ?

नेपाल र भारतबीचको सीमाबारे ९८ प्रतिशत भूमिमा मतैक्यता छ । तर, सुस्ता–महेशपुर र कालापानी क्षेत्र अझै नसुल्झिएको यथार्थ हो । र, त्यही यथार्थले बेला–बेला दुई देशलाई घोचिरहन्छ ।

भारतले नै कालापानी र नवलपरासीको सुस्ता विवादलाई ‘डिस्प्युटेड एरिया फर फर्दर नेगोसिएसन’ भन्ने सूचीमा राखेको छ । तर,भारत भने टुंगिएका अरु ठाउँमा पनि किचकिच गर्न पछि हटेको छैन । जस्तो कि,भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बसेको छ । त्यहाँको सन्दकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा एसएसबीले आफ्नो क्याम्प खडा गरेको हो । सो क्षेत्र पाँचथरको फालेलुङ,इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ ।

उता, कपिलवस्तुको सीमावर्ती क्षेत्रको एउटा घर दुईतिर परेको पनि कुरा आएको छ । नेपालले भारतसँगको सिमाना विवादमा एकैमुष्ट समाधान खोजिरहेको छ । र,सबै विषयमा एकैचोटि हस्ताक्षर गर्ने कुरा उठाएको छ । यो किन पनि ठीक छ भने,भन्ने राष्ट्रिय अखण्डता, अनि सीमा क्षेत्रलाई खण्ड–खण्ड गरेर समाधान खोज्ने कुरा जायज हुँदैन ।

अहिले चर्किरहेको कालापानी,लिपुलेक र लिम्पियाधुराको सीमा विवादमा भारतको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रभन्दा त्यहाँका मिडिया गैरजिम्मेवार अभिव्यक्तिका साथ सक्रिय छन् ।

नेपाल सरकारले हालै जारी गरेको नेपालको संशोधित नक्साबारे नेपालकै विधायक सरिता गिरीले भारतसँग सोधेर त्यस्तो काम गर्नुपर्ने धारणा व्यक्त गरिन् । प्रश्न उठेको छ-भारतले छ महिनाअगाडि एकतर्फी नक्सा निकाल्दा नेपाललाई सोध्नु नपर्ने । नेपालले आफ्नो नक्सा निकाल्दाचाहिँ भारतलाई सोध्नुपर्ने ?

जबकि, भारतले नेपाली भूमि समेटेर आफ्नो नक्सा सार्वजनिक गर्दा  पूर्वजर्नेल अशोक मेहताले ‘नेपालले पनि आफ्नो नक्सा निकाले भइहाल्यो नि’ भनेको प्रसंग अहिले स्मरणीय छ ।

उता, भारतीय मिडिया भने कंग्रेस आईले नेपाललाई समर्थन गर्यो भनेर लबिइङ गरिरहेका छन् । उनीहरुले कंग्रेस आई मौन रहेर नेपाललाई सहयोग पुग्यो भन्ने प्रस्तुति दिइरहेका छन् ।

भारतले नेपाली भूमि समेटेर आफ्नो नक्सा सार्वजनिक गर्दा  पूर्वजर्नेल अशोक मेहताले ‘नेपालले पनि आफ्नो नक्सा निकाले भइहाल्यो नि’ भनेको प्रसंग अहिले स्मरणीय छ ।

टिप्पणीहरू