चोर्नेहरु नै चकित
व्यारेक नै साँघुरो छन् । त्यस्तो ठाउँमा एउटाबाट अर्को व्यक्तिमा संक्रमण सर्ने खतरा बढी रहन्छ । चोरी, लुटपाटजस्ता घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने तर हिरासतमा नराख्ने ।
बढ्दो कोरोना संक्रमणबाट अब सेना र प्रहरी बढी असुरक्षित हुने भएका छन् । स्वास्थ्यसेवामा तल्लिन स्वस्थ्यकर्मीसँग सुरक्षित हुनका लागि यथेष्ट स्वास्थ्य उपकरण उपलब्ध छन्,तर लकडाउन व्यवस्थापनमा फ्रन्टलाइनमै सक्रिय रहेका सुरक्षाकर्मीसँग मास्क र सेनिटाइजर पनि पर्याप्त मात्रामा नहुँदा समस्या आएको छ । त्यसमाथि व्यारेकमा बस्नुपर्ने र भौतिक दूरी कायम गर्नमा कठिनाई हुँदा उनीहरु बढी जोखिममा परेका हुन् ।
बुधबार कालिमाटीस्थित प्रहरी बृत्तका दुई कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि संक्रमित व्यक्तिहरु त बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पताल पु¥याइए । बाँकी सबै प्रहरी कार्यालय हाताभित्रै रहेको आ–आफ्ना व्यारेकमा थुनिएका छन् । उनीहरुको बुधबार नै पिसिआर किटबाट स्वाब निकालेर परीक्षण भइरहेको छ ।
तर, जोखिम कस्तो भने, प्रहरीको व्यारेक नै साँघुरो छन् । त्यस्तो साँघुरो ठाउँमा एउटाबाट अर्को व्यक्तिमा संक्रमण सर्ने खतरा बढी रहन्छ ।
कालिमाटी घटनापछि प्रहरीले सुरक्षा व्यवस्थापनको नयाँ विधि अबलम्बन गरेको छ । चोरी, लुटपाटजस्ता घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने, तर हिरासतमा नराख्ने ।
चोर पक्राउ परेमा चोरीको सामान बरामद गरेर पीडितलाई दिने र चोरलाई छोड्ने नीति हो यो । यसो गरिनुको कारण हो,कोरोना संक्रमणबाट प्रहरीलाई टाढा राख्नु ।
यसबाहेक पक्राउ आदेश जारी भएका, नयाँ जाहेरी दर्ता भएका घटनाका हकमा विषयको संवेदनशीलताका आधारमा मात्र काम गर्ने निर्देशन जारी भएको छ ।
टिप्पणीहरू