जुन कुरा भारतबाट सिक्न सकिन्छ
नेपालमा अहिले संक्रमित संख्या बढेको हिसाबले मृत्युदर बढ्ने खतरा छ । भारतमा काम गर्ने लाखौँ नेपाली जब फर्किन्छन्, त्यहाँबाट फैलिने रोगको खतरा बाँकी नै छ ।
नेपालमा अब कोरोनाको कथा फेरिएको छ । लकडाउन शुरुवातका एक महिनासम्म २०–२१ जस्ता अंकमा गणना भएका संक्रमितको संख्या अर्को महिना लाग्दा आगोझैँ फैलियो । दिनमै २०, ३० र ४० संक्रमित फेला पर्दै पाँच सय कटेका छन् ।
अर्थात्, पाँच गुणाका दरले यसले फड्को मारिरहेको छ । स्थिति यस्तो हुँदा तयारी भने सन्तोषजनक छैन ।
क्वारेन्टाइनका दुःख
बाँकेको नरैनापुर क्वारेन्टाइनकै स्थितिलाई हेर्दा क्वारेन्टाइन व्यवस्थित नभएकै कारण संक्रमित बढे । क्वारेन्टाइन भनेको शंकास्पद संक्रमित राखिने ठाउँ हो । कोही संक्रमित छ भने समयमै पहिचान गरेर आइसोलेसन वार्डमा सार्नुपर्छ । तर,त्यहीँभित्र मान्छे कोरोना संक्रमित भइवरी ज्यान गएपछि थाहा पाउने कुरा लापरवाही नै हो ।
त्यसैले नेपालमा अहिले संक्रमित संख्या बढेको हिसाबले मृत्युदर बढ्ने खतरा छ । भारतमा काम गर्ने लाखौँ नेपाली जब फर्किन्छन्, त्यहाँबाट फैलिने रोगको खतरा बाँकी नै छ ।
जाँच्ने कसरी ?
त्यसमाथि नेपालको परीक्षण विधि व्यवहारिक छैन । पहुँचवालाको पिसिआर गरिएको छ, सर्वसाधारणलाई आरडिटीका नाममा पोजेटिभ देखाउने र केही दिन तनावमा राखेर पिसिआर नेगेटिभ आउने क्रमले मानसिक समस्या चुलिएको छ । र, जो–जो सचेत भएर जचाउन गएका छन्, उनीहरुको मात्रै नतिजा आइरहेको छ । तर, परीक्षणको क्रमलाई सरकारले घर–घरमा पुर्याउनुपर्ने हो । त्यस्तो भएको छैन ।
राहत कि भिख
अहिलेको कोरोना संक्रमणमा मात्र होइन, अन्य विपद्मा पनि नेपालमा सर्वसाधारणलाई लाइन लगाएर राहत बाँड्ने चलन छ । वितरण गर्नेहरुले चन्दा वा जिन्सीमा सामान उठाएका हुन्छन् । गरिवलाई लाइन लगाएर बाँड्दै आफ्नो प्रचार गरिरहेका हुन्छन् । अहिले राहत वितरण गरिने त्यही लाइनबाट संक्रमण सर्ने खतरा छ ।
भारतमा राशन कार्डका आधारमा तोकिएको राशन निःशुल्क वितरण भइरहेको छ । नेपालले ०४५ सालमा नाकाबन्दी व्यहोरेको समय कुपन प्रणाली लागु गरिएको थियो । कुपनका आधारमा सर्वसाधारणले तोकिएको पसलबाट राहतका सामान पाउँथे । तर, पछिल्लो समयमा नेपालमा कुनै किसिमको सामाजिक सुरक्षा प्रणाली तय गरिएन, जनताले हात थाप्न जानुपर्ने अवस्था छ ।
नेपालमा ‘हुने खाने’ र ‘हुँदा खाने’ वर्गबीचको स्पष्ट विभेद छ । भारतमा राशनकार्डका आधारमा राहत दिइएको छ, अर्थात् त्यहाँका जनताले अधिकारस्वरुप राहत पाएका छन् । हामीकहाँ मगन्ते बनाइएको छ ।
नेपालले ०४५ सालमा नाकाबन्दी व्यहोरेको समय कुपन प्रणाली लागु गरिएको थियो । कुपनका आधारमा सर्वसाधारणले तोकिएको पसलबाट राहतका सामान पाउँथे । तर, पछिल्लो समयमा नेपालमा कुनै किसिमको सामाजिक सुरक्षा प्रणाली तय गरिएन, जनताले हात थाप्न जानुपर्ने अवस्था छ ।
टिप्पणीहरू