नेपाल–भारत सम्बन्ध र अहिले उठेका तरगंहरू
नेपालको र भारतको इतिहास तुलना हुने अवस्था छैन । स–साना राज्यमा बाँडिएको भारतीय भूभागमा शासन गर्नेमा डच सन् १६०५ तिर, डेनिस १६२० मा, फ्रेन्च १६६८ मा, पोर्चुगिचले त सन् १५०५ देखि १९६१ सम्म सक्रिय रहेको देख्न सकिन्छ । बेलायतीले भने अधिकांश भाग कब्जा गरी सन् १६१२ देखि पाइला टेकेर १९५७ सम्म अधिकार कायम गरेको ज्यूँदो इतिहास छ । विभिन्न क्षेत्रलाई कब्जा गरेर शासन गरेको भए पनि प्रशासनिक संयन्त्रमा उतिबेलामा भारदारहरूको प्रयोग भरपूर गरेको देखिन्छ ।
सन् १९४७ अगस्तदेखि अहिलेको भारत दृश्यमा आएको हो जुन १९५० मा गएर गणराज्यका रूपमा चिनिन थालेको हो । तर, नेपालको इतिहास र भूगोलमा कहिल्यै कोही पश्चिमाहरूको पाइला टेकेको देखिँदैन । बेलायतीहरू र तिब्बती दिशाबाट भएका प्रयासहरू नेपालीले असफल सावित गरिदिएको इतिहास सुरक्षित छ । सन् १९४७ पछिको भारत र नेपाल सम्बन्धले दशकौंको कालखण्ड पार गरे पनि स्वतन्त्र तथा सार्वभौम सम्पन्न मुलुक नेपालको अवस्था र परिचय विश्वमानचित्रमा विशिष्ट खालको छ । शान्तिप्रिय नेपालको नाम हिमालय राज्यका रूपमा आध्यात्मिक उद्गमस्थलका रूपमा सम्मानपूर्वक लिने गरिन्छ । जबकि भारतको जन्मताका नै धार्मिक दंगा भएको र रक्तरञ्जित सुरुवातलाई न आजको पाकिस्तानले बिर्सन सकेको छ न भारतीयले भुल्न सकेका छन् । त्यसबेलाको समस्या ४७ पछि आजका मितिसम्म आइपुग्दा अझ बढेर गएको छ तिक्तामा कुनै कमी आएको छैन ।
तर, नेपालको सम्बन्ध सबैसँग शान्तिपूर्ण रही आयो त्यो माओकालीन चीन होस् वा नेहरूकालिन् भारत । नेपाल भारतको करीव १७०० किमि सीमाक्षेत्रमा भारतले सिर्जना गरेका सीमा समस्या मात्र २ हजारभन्दा धेरै छन् । ती बाँधको नाममा मिचिएको छ, जंगे पिलर हटाइएको छ, सहायक पिलर भत्काइएको छ, नेपाल भएर भातरतर्फ बहने प्राकृत नदीहरूको अप्राकृतिक, असमान प्रयोग भएको छ र सधँै नेपालले सहँदै आएको सत्य हो । त्यसको सम्पूर्ण तथ्यांक कहाँ र कति कसरी भारतले नेपाली भूमिमा दखल पु¥यायो भन्ने नेपाल सरकारसँग छ । अहिले उठिरहेको कालापानी, लिपुलेक र लिम्पुयाधुराको समस्याका कारण फेरि भारतको मिचाह प्रवृत्ति सतहमा आएको छ ।
हिटलर, गान्धी र गोड्से
भारतसँग चमत्कार गर्ने कुनै शास्त्र छैन, न त यन्त्र नै छ । सिवाय जनसंख्या र विशाल जमिन र पानीको पहुँच । जतिबेला बेलायतले अधीनमा लिएको थियो, त्यसबेला पनि सञ्चालन गर्न गाह्रो भएको थियो तसर्थ निश्चित योजना तर्जुमा बनाएर प्रिन्सली स्टेटका रूपमा अधिकार दिएर भारतभित्रका छोटे राजाहरूलाई रिझाउँदै केन्द्र सरकार बनाएको थियो । बेलायतले छाडेर गएपछि पनि भारतलाई आश्चर्यजनक मुलुकका रूपमा सबैले हेर्दै आएका छन् । भारतको गरिबी, भोकमरी र अशिक्षाको जति प्रचार संसारभरि छ त्यति प्रचार भारतीय धनाढ्यहरूको छैन भलै कि उनीहरूको सम्पत्ति र आयको आँकडा हेर्दा चकित पार्ने खालको छ ।
एक जना विदेशी लेखकले आफ्नो संस्मरणमा लेखेका थिए, भारत त्यस्तो मुलुक हो जहाँ गान्धी र हिटलरका आत्मकथा पढेर पाठकहरू आफ्नो आदर्शका रेखाचित्र कोर्ने गर्छन् । अहिले सरकार चलाइरहेका नरेन्द्र दामोदरदास मोदी पनि कुनै बेला स्वयंसेवक दलका कार्यकर्ता थिए र गुजरातको मुख्यमन्त्री हुँदै अहिले प्रधानमन्त्रीको पदमा पुगेका छन् । उनको दल र पार्टीका कतिपय अन्धभक्त अहिले पनि संसारले महात्मा गान्धी भनेर चिन्ने, सम्मान गर्ने व्यक्तिका हत्यारालाई आदर्श मानेर पूजा गर्छन् । धार्मिक अतिवादलाई प्रश्रय दिन्छन् । जनसंख्या शक्ति पनि हो र समस्या पनि हो । मलाई लाग्छ, संसारमा सबैभन्दा धेरै भिखारीको संख्या निकाल्ने हो भने त्यसमा भारतको नाम पहिलोमा आउँछ । त्यस्तै, भारतीय धार्मिक गुरु र पाण्डाहरूको संख्यालाई गड्ली फिगरका रूपमा गन्ती ग¥यौ भने पनि ती भारतमै उपलब्ध हुन्छन् ।
अहिले मोदीको भाषणको एउटा टुक्रामा लेखकले घुसाइदिएको उक्ति हो, भारत संसारको सबैभन्दा धेरै युवाशक्ति भएको देश हो । जुन देशमा बेरोजगारी छ, भोकमरी छ, अराजकता छ त्यहाँको युवाको संख्यालाई लिएर त्यो देशको प्रमुख अधिकारी उल्टो घडी हेरिरहेका छन् भने त्यसमा हामीले आश्चर्यबाहेक अरू के देख्न सक्छौ ? ती लेखक अघि लेख्छन्, मोदीको (अ) लोकप्रियता हेर्दा ती तीन कुरा हिटलर, गान्धी र गोड्सेको संयोग हुन् जस्तो लाग्छ । त्यो विदेशी लेखकको निजी विचार हो तर मोदीको अवतारी शैली, संक्रमणयुक्त कार्यकाल र भारतको अवस्था हेर्दा आस गर्ने ठाउँभन्दा आस स्खलन हुने कारण धेरै हात लाग्छ ।
भारतीय मिडिया र नेपालप्रतिको धारणा
भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेर जारी गरेको नक्सापछि नेपाल सरकारले पनि आफ्नो तयारीसाथ ती भूभाग समेटेर परिमार्जित वास्तविक नेपाल (सुगौली सन्धिपछिको भौगोलिक रेखांकन) नक्सामा प्रकाशन गरेपछि देशभित्र राष्ट्रियताको तरंग जरैदेखि फैलन गयो भने उता भारतीय सरकार र सरकारद्वारा अनुबद्ध सञ्चारमाध्यमले ठूलै रडाकोका रूपमा लिएर चीनका साजिस भन्दै मसला न्यूज प्रसारण गरे । अधिकांश भारतीय मिडियाको समस्या भनेकै उनीहरूको अध्ययन÷अनुसन्धान अभाव, सरकारको निगरानी, निश्चित पार्टी वा दलको प्रवक्ता जसरी उठाउनु र गलाउनु हो । त्यो सदृश्य हामीले नेपालीले छिमेकमा बसेर मात्र देखेको होइन सारा संसारले देखेको छ, त्यही हल्का रूपमा भारतीय मिडियाको तौल तुलोमा जोखिन गर्छ ।
यतिबेला भारतीय सरकार र सरकारको छायामा रहेका कथित विज्ञ तथा पत्रकारले नेपाललाई लिएर धेरै अभद्र टिप्पणी गरिरहेका छन् । यस्तो समयमा भारतीयले बिर्सन नहुने तथ्य के हो भने जुन राष्ट्रिय धुनमा उनीहरू उभिन्छन् र देशभक्तिको गर्वता साँच्छन् त्यो धुनको सर्जक गोर्खाली थिए, नेपाली थिए, क्याप्टेन रामसिंह थापा थिए । उनी भाक्सुका थिए, उनका पूर्खा नेपाली थिए, उनका पूर्खाले नेपाललाई तिरो तिरेका प्रमाण अहिले पनि नेपाल सरकारसँग सुरक्षित छन् तर नेपालले देहरादुन वरपरको नेपालका लागि आवाज उठाएको अवस्था अहिलेको होइन न त हालको पूर्वी क्षेत्र जुन नेपालको थियो हाल भारतीय भूभाग पर्छ । सुगौली सन्धिपछिको नेपाल नै आजको नेपाल हो यसमा कुनै शंका छैन । त्यसको प्रमाण नेपालसँग हुने नै भयो त्यसबेलाको इष्ट इण्डिया कम्पनीसँग पनि छ नपत्याए लण्डनस्थित भारतीय हाइकमिसनले ब्रिटिस लाइब्रेरीमा धाउँदा हुन्छ एकचोटि वा नेपाली दूतावासको सहयोग लिएर आवश्यक प्रमाण बुझेर आफ्नो देशको सरकारमा पठाए हुन्छ र भारतीय सरकार तथा जनतालाई सुसूचित गराए हुन्छ । तर, त्यो उनीहरू गर्न चाहिरहेका छैनन् । उनीहरूको त चीनको विषयलाई नेपालसँग जोडेर आक्रमण गरिरहेका छन् जुन कपोलकल्पित हो । यदि, चीनसँग ने भिड्ने हो भने भारतले नेपाललाई विवादमा ल्याइरहनु आवश्यक कुरा होइन ।
हिन्दू अतिवादी मोदी सरकारले चाहेर वा नचाहेर पनि नेपाल र भारतका जनतामाझको सदियौंको सम्बन्धलाई मेटाउन वा धमिलो बनाउन सक्ने छैनन् । मोदीको चर्को धर्म नीति र नेपालको धार्मिक सहिष्णुतालाई दाँज्न मिल्दैन । धर्म माक्र्सले भनेझै अफिम भएको छ, व्यापार भएको छ । जति पनि पौराणिक धर्मग्रन्थको गलत व्याख्या र दुरूपयोग भएको छ, त्यो सबै भारतमा भएको छ । नेपाली जनसंख्या बहुल रूपमा हिन्दु भए पनि हामी विश्वको एक मात्र हिन्दु मुलुक भनेर प्रचारको मसला बनाएर हिँडेको अवस्था कदापि छैन । भारतले गौतम बुद्धलाई भारतमा जन्मेको भनी प्रचार गर्ने र अन्य कृत्रिम अफवाहको गलत लेखन गरेर आफ्नै इतिहासलाई भ्रममा राखेको छ ।
यो भिडियो बनाउने समुहलाई मुरी मुरी धन्यवाद। सम्पुर्ण नेपालीले हेरेर बुझौं र विश्व जगतमा पुर्याऔं।
Gepostet von Madhyapur.Info am Dienstag, 19. Mai 2020
अहिले सीमा रक्षाका लागि नेपालमा जुन आवाज उठिरहेको छ, त्यो स्वस्फूर्त नेपालीको हो न त्यसमा विदेशीको हात छ न नेताहरूले जस लिने अवस्था नै देशभित्र छ । तर, भारत चाहन्छ चीनलाई कारणमा लिएर समस्या सिर्जना गर्नु यदि त्यसो हो भने भारत सीधै चीनसँग डायलगमा उत्रे हुन्छ न कि चीनलाई देखाएर नेपालको जमिन वा राजनीतिमाथि प्रभाव पार्न खोज्नु मूर्खता हुन आउँछ । नेहरूको पालादेखि भारतले चित खाएको चीनसँगको युद्धमा नेपाल कुनै पनि रूपमा सरोकार राख्दैन । जसरी चीन र भारतको आपसी मामला हो त्यसमा नेपाल सदैव तटस्थ रही आएको छ त्यसरी नै भारतले वा चीनले नेपाललाई लिएर कपोलकल्पित आरोप प्रत्यारोपमा उत्रनुलाई नेपाली जनताले सहज रूपमा लिन सक्ने अवस्था छैन । त्यसको विरोधको सामना मोदी सरकारले कुनै एक छिमेकी देशसँग पनि सम्बन्ध स्थापित गर्न नसक्ने आलोचना आफ्नै संसद्मा बारम्बार पाएको विदितै छ । पाकिस्तान र चीनको स्थिति फरक हो र नेपालको स्थान फरक हो ।
सर्वाभौम सम्पन्न देश नेपालसँग भारतले जसरी थिचोमिचो र सीमा अतिक्रमण गरिरहेको छ त्यसको अक्षरशः मूल्य चुकाउनुपर्नेछ । जबसम्म भारतले विश्वमाझ, नेपाली जनतामाझ आफ्ना गल्ती याचना गर्दैन र भूलसुधार गर्दैन तबसम्म समस्या समाधान निस्कनेछैन । मधेस मूलका नेपाली नेतालाई अनावश्यक प्रलोभन कुनै कश्मिरमा प्रयोग गरिएको सफल सूत्र नेपाललाई टुक्र्याउन कुनै पनि हालतमा नेपाल र नेपालीका लागि सैह्य हुनेछैन ।
भारतीय नक्सलवादी वा छत्तिसगढका माओवादीका रूपमा नेपाली कम्युनिष्ट सरकारलाई लिइनु भारतीय नेता तथा सरकारको ठूलो भूल हो । यदि, नेपालमा कम्युनिष्टको दुई तिहाइ सरकार नभएर राजतन्त्र हुन्थ्यो भने पनि नेपालको सीमामा भएको थिचोमिचो र बलमिच्याई कसैले पनि सहन सक्ने कुरा होइन । सरकार र जनता एक भएर भारतले गरेका भूल सुधारका लागि समय र व्यवहारमा अतिवाद सोच नल्याउन खबरदारी गरिरहेको अवस्था छ । भारतीय सिनेमामा नायिकाका रूपमा मनीषा कोइरालाले प्रसिद्धि पाएको उनको आफ्नो कडा संघर्ष, कला कौशलताका कारण हो । त्यसलाई भारतको नुन वा रोटीसँग जोडिनु छुद्र भारतीय सञ्चारकर्मी हेर्दा लाग्छ उनीहरूको मुखमा लुतो छ, सानो मसिनो समाचार वा मनगढन्ते समाचारलाई पनि पानमसला हालेर चर्तिकला देखाउने चटक नेपाली भूकम्पमा बिलौना गरिरहेका बेला कस्तो भइरहेको छ ? भनी प्रश्न गर्ने नालायकीसम्म गरेको बिर्सन सकिने घटना पक्कै होइन र त्यसखाले रुग्ण मानसिकताको सिकार हामी भारतीय सञ्चार होस् वा सिनेमा कसैको बन्नु आफैंमा मन्द विष हो त्यस तथ्यसँग हामी सबै परिचित छाँै ।
यदि, भारतीय कलाकार प्रियंका चोपडा, अमिताभ बच्चन, सलमान खान, ऐश्वर्या वा संगीतकार एआर रहेमानले हलिउडमा आफ्नो कला बेचेर खाँदैमा उनीहरूलाई नुन रोटी खाएको भन्न मिल्दैन । कला भनेको विश्वको गहना हो । जोसँग छ, त्यसले जहाँ गएर पनि देखाए हुन्छ र नाम, सम्मान, रोटी जे पनि कमाउन स्वतन्त्र छ । तर, मनीषाले आफ्नो जन्मभूमिलाई लिएर गरेको उचित वक्तव्यलाई भारतीय मिडियाले गरेको उछलकुद प्रकरण सस्तो प्रचार र हल्का चेतना भएका पत्रुकारका कारण नै हो भन्ने तथ्यलाई बुझ्नेहरूले बुझेका छन् ।
राजनीतिक व्यवस्था र संस्कृति
त्यति मात्र होइन, रिपब्लिक टिभिका अर्नबले जसरी नेपाली नेता मीनेन्द्र रिजालसामु प्रस्तुत भए त्यो खालको मिसनरी, चाकडी पत्रकारिता माननीय रिजालले भनेझैं नेपालमा हुँदैन । ऋषि धमलाको जनता जान्न चाहन्छन्को हाँसोको थेगो उडे पनि धमलाको पत्रकारिता अर्नवको तुलनामा धेरै उच्चकोटिको छ, कमसेकम उनी कुनै एक व्यक्तिलाई रिझाउन नभई जनताका लागि त उभिएका छन् । तर, अर्नबलाई बिजेपीको तलुवा, वा मोदीको हनुमान भनेर उनले भारतभित्रै थुप्रै उपमा तथा अलंकारहरू पाएका छन् । त्यस्तो व्यक्तिसँग नेपाल र भारतको कूटनीतिक महत्वको विषयमा कसरी जानकारी हुन सक्ला ? बरु हामीले पितपत्रकारिताका त्यसखाले भारतीय मिडियालाई कडा भत्र्सना गर्दै जथाभावी बोल्दै हिँड्ने सबैलाई नंग्याउनुपर्ने हुन्छ ।
नागरिकले सूचना पाउनुपर्ने आधारमा मिडियाको नाम बेच्ने र आफ्नो स्वार्थ पूरा गर्ने अर्नबको रिपब्लिक वा एबिपी न्युज आदि सञ्चारले समाजमा फैलाएको गलत सूचनाको सिकार नबन्नु नै हाम्रो कल्याण हो । आफ्नो देशलाई लिएर बोल्ने हक अधिकार वा कर्तव्य त्यस देशको नागरिकको हो । नायिका कोइरालाले नेपालबारे बोलिरहँदा मलाई भारतीय नायक अमिताभ बच्चनले ड्यानी बोयल निर्देशित स्लमडग मिलेनेयर फिल्म सार्वजनिक हुँदा उनले भारतीयलाई तुच्छ रूपमा प्रस्तुत गरेको भनी दिएको प्रतिक्रियाले भारतभर वाहावाही पाएको थियो । त्यसमा नेपाली किन बोल्ने ? हामीले फिल्मका रूपमा हे¥यौँ र आनन्द उठायौँ तर जब नायिका कोइरालाले नेपालबारे बोल्दा भारतीय यसरी कुर्लनुपर्ने कारण किन भयो ? त्यो अचम्मको छ । भारतीय सरकारको निर्देशनमा मिडिया मात्र होइन, मोदीका अन्धशुभचिन्तक स्वर्गीय सुस्मा स्वराजका पतिले समेत मनीषाको पारिवारिक विषयलाई जोडेर धम्कीको भाषामा प्रतिक्रिया दिएका छन् ।
सुस्मा पति स्वराजलाई यति पनि थाहा छैन समस्या के हो र विषय के हो ? जहाँ उनी चुकेका छन् । पारिवारिक, मित्रवत् सम्बन्ध आफ्नो ठाउँमा छ, देश आफ्नो ठाउँमा । यति मात्र बुझेको भए मोदी सरकारको इशारालाई उनी सोझै आक्रमणका रूपमा पेश गर्ने थिएनन् कि ? मनीषा मात्र होइन, भारतमा रहेर कर्म गरिरहेका धेरै नेपाली कलाकार छन् जसले देशको सवालमा ऐक्यबद्धता जनाएका छन् । त्यो गायन क्षेत्रका उदीतनारायण झा, मुरलीधरदेखि व्यवसायलगायत क्षेत्रमा प्रतिष्ठित नेपालीले भारतको कदममाथि तीव्र आलोचना जनाएका छन् । यसको हेक्का भारतीय मिचाहा प्रवृत्तिका पोषकले बुझ्न जरुरी छ ।
सबै छिमेकीबाट परित्यक्त भारत
नेपाल मात्र एक्लो छिमेकी देश होइन भारतबाट पीडा सहने, यसअघि भारतले चालेका कदबाट हामी छर्लंग देख्न र बुझ्न सक्छौँ । पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन हँुदै भुटानसम्म पनि पुगेको छ । सार्क सदस्य राष्ट्रहरू सबै भारतको कुषित राजनीतिक अरुचिका कारण बैठक बस्न नपाएको गुनासो त साझा समस्या नै भयो । कमनवेल्थ नेसन्समा पनि भारतको उपस्थिति सन्तोषजनक छैन तसर्थ बेलायतले हेर्ने दृष्टिकोणमा पहिलेभन्दा धेरै बदवाल आइसकेको छ । मोदी आफ्नो व्यक्तिगत धार्मिक अतिवाद लाद्नलाई नेपालका दलहरू वा दरबारसम्म पुग्न सक्छन् तर उनले जवाफ के नेपाली नेता वा जनता दुवैले देशको माटोको सवालमा एकढिक्का भएर कसैसामु नझुक्ने प्रतिबद्धता जनाएको पाउनेछन् ।
भारतका कारण नेपालले भोगेको नाकाबन्दी, नोटबन्दी र निर्वाध व्यापारमा व्यवधान
यसअघि भारतले नोटबन्दीका कारण नेपालमा रहेका भारतीय नोट लिन अस्वीकार गरेको तीतो अनुभव हामी सबैले भोगेकै हो । त्यसमाथि पनि उनले भनेजस्तो भारतमा पनि नोटबन्दीपछि ठूलो मात्रामा अर्थतन्त्र गिरावटतर्फै लाग्यो । न कि नेपाली मात्र पैसा साटिएन भन्ने चिन्ताभन्दा आमभारतीय नागरिक पनि मोदीले सीमित व्यापारिक घरानालाई फाइदा पुग्नेगरी ल्याएको उलारका कारण उनी आफै पूर्णतः असफल सावित भएको देखिसकेका छन् । महाराष्टमा उनको पार्टीले भोग्नुपरेको लज्जा र जम्मु कश्मिरका जनप्रिय नेताहरूलाई नजरबन्द राखेर, त्यस भेकका स्वतन्त्र नागरिकलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गराएर सरकारी सुरक्षा संयन्त्रको गलत प्रयोगका कारण धेरैले ज्यान गुमाउनुपरेको छ ।
सोको उचित पुरस्कार मोदीले अवश्य पाउनेछन् त्यो पनि कस्मिरी जनताबाटै त्यो आउने चुनावमा देख्न सकिनेछ वा क्रमशः घटिरहेको भाजपाको डुबानलाई हेर्न सकिन्छ । उक्त कुकार्यले छिमेकी मुलुक पाकिस्तानसामु मात्र नभई कश्मिरी जनतासामु समेत नांगिएको यर्थाथलाई छोप्न मिल्दैन, त्यसको सूचना विश्व सञ्चारले हामी सबैलाई दिएको छ । सबै छिमेकीसँग शत्रुता साँध्दै आएको मोदी सरकार केवल विपक्षी दलका कारण आलोचना नभई आफ्नो कर्तुतका कारण देश तथा विदेशमा आलोचनाको शिकार भइरहेको छ । भूकम्पका बेला नेपालमा लगाएको नाकाबन्दीको पीडालाई नेपालीले बिर्सेका छैनन् । अहिले कोरोनाको समस्यामा देश जुझिरहेका बेला नेपाली भूमिमाथि कब्जा गर्नुले मोदी सरकारको अकर्मण्यतालाई नंगाएको छ । यसविरुद्ध नेपालीभाषी मात्र नभई गोर्खा सेनामा भर्ती भएका ५० हजारभन्दा बढी नेपाली जसले भारतीय सीमामा सुरक्षा दिएका छन् उनीहरू पनि आवश्यक परे मुलुकका लागि फिर्ता भएर जन्मभूमिका लागि उभिनुपर्ने अनिवार्यता छ ।
अथवा बेलायमा रहेका नेपाली सेना त्यसको तयारीका लागि सबै पक्ष तयार हुनुपर्नेछ । सेवा निवृत भएका रक्षक पनि उठ्नुपर्छ । देशरक्षा सीमारक्षाका लागि निवृत कहिल्यै भइँदैन, तसर्थ आवश्यक हुनासाथ जीवनाहुती दिनसम्म पछि नपर्नुपर्ने अवस्थामा बस्नु र भारत वा चीनका गतिविधि चनाखो भई नियालिरहनुपर्ने हाम्रो सम्मुखमा आएको तीतो सत्य हो । देशको शक्ति सेनाको संख्याभन्दा पनि स्वाधीनताका लागि जीवन अर्पण गर्नेको संख्यामा निर्भर पर्छ । भारतीय भूमि ठूलो होला तर त्यो सबै माटो मलिलो नहुन पनि सक्छ वा त्यो केवल माटोको थुप्रो पनि हुन सक्छ । तसर्थ नेपाली भूभागको रक्षाका लागि हामी सबै हातेमालो गरी उभिने बेला आएको छ । भारतसँगको मस्मिा विवादमा मात्र सीमीत नभई समस्त असमान सन्धिको पुनर्लेखन र पुनर्मूल्यांकन हुनुपर्छ । आवश्यक परेको खण्डमा भारतको विषयलाई संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय फोरममा लिएर जानुपर्नेछ । र, समुचित निकास निकाली समस्या समाधानतर्फ लाग्नुपर्छ ।
आयो गोर्खाली, आयो नेपाली
स्वाभिमानको शिर उचाली ।
टिप्पणीहरू