बालुवाटारको प्राथमिकता युट्युबर !
पछिल्लो साता नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्सा जारी गरेपछि भारतीय मिडिया छाडा रूपमा प्रस्तुत भएका छन् । नेपाल र नेपालीको अपमान हुने शब्द प्रयोग गरिरहेका छन् । तर पनि अधिकांश मूलधारका नेपाली मिडियाले संयमता अपनाएर मुलुक र सरकारको प्रशंसा गरिरहेका छन् ।
सहज तरिकाले समस्या समाधानको लागि रचनात्मक सुझाव पनि पस्किरहेका छन् । तर, मेनस्ट्रिम मिडियाको सभ्य र शालिन प्रस्तुतिलाई छाँयामा पार्ने र भारतीय उग्र रास्ट्रवादीहरुलाई उत्तेजित हुन मसला जुर्ने गरी सत्तानिकट जिम्मेवार पदाधिकारीहरूले युट्यबरहरूलाई भेटेर धाप मार्दै, फलो गर्दै भिडियो सेयर गरिरहेका छन् । यसले राष्ट्रियताजस्तो संवेदनशील विषयमा जिम्मेवार भएर प्रस्तुत भएका मूलधारका मिडियाप्रति राज्यले पिठ्यूँ फर्काएको अर्थ लाग्नेतर्फ हेक्का राख्ने कि ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रमेश प्रसाईंलाई सरकारी कार्यालयमा अँगालो हालेर खिचेको फोटो र प्रसाईंको भिडियो सामाजिक सञ्जालमा बिहीबार राती ९:२७ मा पोष्ट गरेका छन् । त्यसैगरी संसदीय समितिकी सभापति नीरु पालले पनि सोही भिडियो बिहीबार साँझ ५:४२ मा सेयर गरेकी थिइन् । पालले उक्त भिडियो अन्य सात जनालाई समेत ट्याग गरेकी छिन् । त्यसो हो भने, उग्र राष्ट्रवादको भाषामा बनाइएको भिडियो र गतिछाडा भारतीय मिडियाको बीचमा के नै भिन्नता रह्यो र भन्नेहरु प्रशस्तै छन् ।
टिप्पणीहरू