ढोंगी बाबाको आश्रममा अब कोरोना उपचार केन्द्र

ढोंगी बाबाको आश्रममा अब कोरोना उपचार केन्द्र

सुनसरीको वराहक्षेत्र नगरपालिका २ चतराधामस्थित बलात्कारका अभियुक्त्त सिद्धबाबा भनिने कृष्णदास गिरी प्रमुख संरक्षक रहेको रामानन्दचार्य सेवा पीठ आश्रमलाई प्रदेश नं १ सरकारले कोभिड १९ उपचार केन्द्र स्थापना गराउने निर्णय गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित चतराधाममा २०६७ मा स्थापना भएको उक्त्त आश्रम भित्र प्रशस्त भौतिक संरचना प्रयोग बिहिन अवस्थामा रहेकोले शुक्रबार बसको प्रदेश सरकारको प्रदेश नं १ को क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले कोभिड १९ को रोकथाम र उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन क्वारेन्टाइन र उपचार केन्द्र थप्नुपर्ने भएपछि प्रयोगबिहिन अवस्थामा रहेको सिद्धबाबा आश्रमलाई पनि उपचार केन्द्र बनाउने निर्णय गरेको हो । कोरोना संक्रमितहर बढन थालेपछि प्रदेश नं १ मा ब क्वारेन्टाइनमा १५ हजार र उपचार केन्द्रमा ८ सय ५० शैया थप गरिने भएको छ ।

सरकारको निर्णय अनुसार कृष्णदास आश्रम बराहश्रेत्रमा २ सय शैयाको उपचार केन्द्र सञ्चालन हुनेछ । सिद्धबाबा आश्रम परिसर भित्र ८ बिगाहा जग्गामा बनाएको १ सय २८ कोठे भवनसहित एक हजार जनाले योग गर्न सक्ने सभाहल र अन्य संरचनाहरु खाली अवस्थामा छन । २६ माघमा २०७५ मा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नक्सा पास नगरि बनाइएको १ सय ८ कोठे उक्त्त भवन सिद्धबाबा भनाउने कृष्णदास गिरिले राष्ट्रपतिबाट उदघाटन गर्न लगाएका थिए । गिरिले उक्त्त भवन आफना शुच्छेकहरुबाट पितृका नाममा चन्दा संकलन गरेर बनाउन लगाएका थिए । तीन तले तीन वटा सुबिधा सम्पन्न उक्त्त पक्की भवन एक सय दिनमै निर्माण गराइएको थियो । नमुना कन्ट्रक्सन कम्पनी प्रालीले ८ करोड ५० लाखको लागतमा एक सय दिनमै निर्माण सम्पन्न गरेको उक्त्त भवनका हरेक कोठा दाताहरुले आफनो पित्तृको सम्मानमा निर्माण गरिदिएका थिए ।

ऋाफनै अनुयायीलाई बलात्कार गरेको आरोपमा कृष्णदास जेल गएपछि स्थानियले कृष्णदासको रामानन्दचार्य सेवा पिठलाई सरकारले आफनो सम्पत्तीमा दाखिला गर्नुपर्ने माग गर्दै आएका थिए । लगत्तै कोभिड संक्रमण सुरुभएपछि आश्रमभित्र रहेको भवनलाई क्वारेन्टाइन वा उपचार केन्द्र बनाउन स्थानियले प्रदेश सरकारलाई आग्रह पनि गर्दै आएका थिए । सरकारले आवश्कपरेमा आश्रमलाई उपचार केन्द्रका रुपमा लिनसकिने बताउदै आएको थियो ।

४ कार्तिक २०७६मा आफुलाई आश्रम भित्रै बलात्कार गरेका भन्दै उनकै अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका कृष्णदास हाल पुर्पक्षकालागि झुम्का कारागारमा छन । १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका न्यायधिस राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश गरेका थिए । तर उक्त्त आदेशलाई उल्टाउदै उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले ९ माघमा गिरीलाई थुनामा राख्ने आदेश गरेको थियो ।

अभियुक्त्त कृष्णदास उच्च अदालतमा मुद्दा सुनबाई भैरहेकै दिन विराटनगर बोर्डरबाट जोगबनी हुदै भारत भागेका थिए । तर २० फागुन २०७६ माउनले सुनसरी अदालतमा आत्मसर्मपण गरेपछि उनलाई झुम्का कारागारमा पठाइएको हो । हाल कृष्णदास जेल भित्र ध्यान र योग गरेर दिन बिताइरहेका छन । जेलभित्र उनी अलग्गै इन्डक्सन चुल्होमा आफै पकाएर खान्छन ।

७ कक्षामा फेल भएर भागेका कृष्णदास वनस्पति गुणका डाक्टर बनेर फर्किएका थिए

एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको जुबुमा २०३१ सालमा जन्मिएका कृष्णदासको असली नाम कृष्णबहादुर गिरी हो । हाल उनका आमाबुबा दाजुभाइ सबैको घर सुनसरीको इटहरी उपमहानगरपालिका २ चतरामा छ । उनका बाबु छविलाल गिरीका कान्छी श्रीमतीका सन्तान हुन् उनी । सोलुमा कक्षा ७ मा फेल भएपछि उनी बैरागिएर हिँडेका थिए । भारत पलाएन भएका कृष्णदासले भारतबाट फर्केर आफूले सिद्धि प्राप्ति गरेको बताउँदै सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा सुनसरी मोरंग सिँचाई आयोजनाको ६० बिगाहा जमिन आयुर्वेद विश्वविद्यालय बनाउने भनेर ओगटेका थिए ।

२०६५ देखि उनले आफू वेदाचार्य र आर्युवेदको ज्ञाता भएको बताउन थालेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर आर्युवेद विश्वविद्यालयका लागि भनेर यज्ञ पनि उद्घाटन गराएका थिए । चतराधाममा उनले २६ माघदेखि ७ फागुन २०७५ मा पहिलो श्रीराम तारकब्रम्ह महायज्ञ आयोजना गरेका थिए । महायज्ञको उद्घाटन २६ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । यहायज्ञको उद्घाटन कार्यक्रममा उनी आफू ठूलो सिंहासनमा बसेर राष्ट्रपति, मुख्य मन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरु, सबैलाई आफूभन्दा तल बसाएका थिए । सोही दिन उनले नक्सा पास नगरी ८ बिगाहा जग्गामा बनाएको १ सय २८ कोठे भवन पनि राष्ट्रपतिबाट उद्घाटन गर्न लगाएका थिए ।

उद्घाटनकै अवसर पारेर एक नम्बर प्रदेश सरकारले पनि प्रदेशमा हरित अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो । हराभरा र स्वच्छ बनाउन बहुवर्षे हरित महाअभियानका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

यसरी बनेका थिए ढोंगी सिद्धबाबा कृष्णबहादुरबाट कृष्णराज गिरि

कक्षा ७ मा फेल भएर घरबाट भागेका सोलुखुम्ब निवासी कृष्णबहादुर गिरी २०६४ मा चतरा आएका थिए । त्यही बस्दै आएका बालसन्तले आफना ेसहयोगीका रुपमा गिरीलाई आश्रममा आश्रय दिएका थिए ।चार बर्ष चतराको बिकासकालागि धार्मिक धाम बनाउन सकिएमा बिकास आउँछ भनेर स्थानियले २०६४ मा उनलाई चतरामै अलग्गै कुटी बनाएर राखेका थिए । स्थानिय प्रल्हाद भटराई , भेषराध घिमिरे गणेश सुब्बा बिरही लगायतले उनलार्य सहयोग गरेका थिए ।

२०६७ मा सबैले मिलेर रामानन्दचार्य सेवा पीठको बिद्यान बनाएर दर्ता गरे का थिए । अध्यक्ष गणेश बिरही र महासचिव प्रल्हाद भटराई अनि प्रमुख संरक्षक कृष्णदास बनेका थिए । त्यसपछि कृष्णबहादुरले सुनसरीबाट कृष्णराज गिरीका नाममा दोहोरो नागरिकता लिए । विबादमा परेपछि उनले सोलुको नागरिकता त्यागे । उनका आमाबुबा र आफन्तहर अझै सुनसरीको तरहरामा बस्दै आएका छन । आश्रमको संरक्षक बनेपछि उनले भारतीय पण्डाहरुको सहयोगमा स्वर्ण भष्मको व्यपार पनि गरे ।

पटक–पटक १० दिनसम्म माटोमुनि बिना अक्सिजन निराहार समाधिमा बसेर आफूलाई महायोगी कृण्णदासले सिद्धपुरुष कहलाए । कक्षा ७ मात्रै पढेको भएप्नि आफूलाई योगी तथा वनस्पति गुणमा विद्यावारिधी हासिल गरेको विज्ञ डा. श्रीकृष्ण दासजी महाराज भनाउन थाले । चतरामा उनले महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान सुरु गरे । उनले ठूला बैकर, सरकारका पुर्व सचिवहरु, सेनाका उच्चपदस्थ व्यक्त्ति उद्योगी व्यपारीहरुलाई आफना सहयोगी बनाए । करोडौ दान लिए । र राष्टपतिलाई बोलाएर तारकब्रम्ह यज्ञ उदघाटन गराए । प्रदेश न. १ सरकारलाई हरित क्रान्ति अभियान चलाउने भनेर ढाँटे । भारतीय बाबाहरुसँग कृष्णदासको राम्रो सम्बन्ध छ ।

कहाँ कहाँ थपिदैछन प्रदेश १ मा क्वारेन्टाइन र उपचार केन्द्र

प्रदेश १ सरकारले कोशी कोभिड अस्पताल विराटनगरमा १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय, र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाकालागि उपचार केन्द्र थप गरिने छ । यसैगरि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापनका लागि १० स्थानमा रहेका ११ सय ३ वटा बेड अपुग हुने भएपछि थप १५ सय बेड क्वारन्टाइनमा थप गर्न लागिएको हो । प्रदेश सरकारले उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्लाहरु वर्गिकरण गरेको छ । र, उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्ने योजना बनाएको छ ।

टिप्पणीहरू