जन्मकैदको सजायपछि फरार महिला पक्राउ

जन्मकैदको सजायपछि फरार महिला पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । भोजपुरको खार्ताम्छा १, घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएकी ४३ वर्षीय गीता गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई मानकुमारी थापाले दिएको जाहेरीको आधारमा प्रहरीले हिजो महाराजगञ्जबाट पक्रेको हो । गीताविरुद्ध चितवन जिल्ला अदालतले २०७७ फागुन १२ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसयता उनी फरार थिइन् । उनलाई फैसला कार्यन्वयनको निम्ति आज जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू