जेलमा हानाहान, कैदीको टाउको फुट्यो
डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरण र फिरौती असुलीसम्बन्धी अभियोगअन्तर्गत आठ बर्षदेखि उक्त कारागारमा सजाय भुक्तान गर्दै रहेका गोकुललाई चौकिदारीबाट हटाउन असन्तुष्ट कैदी बन्दीले अर्को पक्षमाथि बिहानैदेखि कुर्सीका खुट्टा र भाटा हान्न थालेका हुन् ।
सँघीय राजधानीका भिआइपी कैदी राखिने चर्चित डिल्लीबजार कारागारभित्र झडप भएको छ ! झडपमा घाइते एक कैदीलाई अस्पतालतिर कुदाइएको छ भने झडपको केन्द्रबिन्दूमा रहेका चौकिदार गोकुल गिरीलाई जेलर अरुण पोख्रेलको कार्यालयमा लगेर राखिएको छ ।
डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरण र फिरौती असुलीसम्बन्धी अभियोगअन्तर्गत आठ बर्षदेखि उक्त कारागारमा सजाय भुक्तान गर्दै रहेका गोकुललाई चौकिदारीबाट हटाउन असन्तुष्ट कैदी बन्दीले अर्को पक्षमाथि बिहानैदेखि कुर्सीका खुट्टा र भाटा हान्न थालेका हुन् ।
झडप बढ्दै गएपछि कैदीहरुले भित्रबाट ताला लगाइदिएका छन्,थप मध्दतको लागि पुगेका प्रहरीहरु झडपमा सम्लग्नलाई समातेर जेल सार्न भित्र पस्ने तयारीमा छन् । ४ सय ७१ कैदी रहेको उक्त कारागारको “क” ब्लकमा पूर्व आइजिपी रमेश चन्द र सशस्त्रका डिआइजी रन्जन कोइरालासमेत थुनिएका छन् । केही समयअघि पूर्व सभामुख कृष्णबहादुर महरालाई समेत यही खण्डमा राखिएको थियो । चौकिदार गिरीले दश बर्षको कैद भुक्तान गर्न अब दुई बर्ष बाँकी छ ।
यसवीच टाउको फुटेर अस्पताल लगिएका घाइतेको नाम जवर्जस्ती करणी काण्ड (जक) का समशेर तामाङ रहेको र चौकिदारसहितको सेट परिवर्तनसहित मुख्य दोषीहरुको कारागार सरुवामा सहमति जुटेको खबर छ ।
यसैवीच महानगरीय प्रहरी वृत स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको र असई विष्णुबहादुर कार्कीको निधन भएको खबर छ ।
टिप्पणीहरू