मरेपछि टन्टै साफ, यस्तै हुन्छ जवाफ ?
शव गाड्ने प्रचलन विशेषतः क्रिस्चियन समुदायको हो । तर, कोरोना भाइरस मानिसको मृत्यु भएपछि पनि सक्रिय हुने कारण क्रिस्चियनहरुले पनि जलाइरहेका छन् । हाम्रोमा त संस्कारले नै जलाउनुपर्ने शव गाडिएको छ, त्यो पनि परिवारको असहमतिका बीच ।
हामी बुझ्छौं- एउटा मान्छे मर्छ । त्यसपछि उसको केही बाँकी रहँदैन, एउटा पार्थिव शरिरबाहेक । तर, स्वास्थ्य कानुनले यो कुरा मान्दैन ।
एउटा मृतकसँग मरिसकेपछि पनि केही कानुनी अधिकार बाँकी रहन्छन् । त्यसमध्येको एउटा हो, आफ्नो प्रचलन र संस्कारअनुसार अन्त्येष्टि हुन पाउनु ।
नेपालमा कोरोना संक्रमणबाट निधन भएका व्यक्तिका हकमा यस्तो अधिकार सुनिश्चित नगरिँदा समस्या आएको छ । र, गुल्मेली हेडसरका परिवार अहिले पनि सरकारसँग भन्दैछन्, ‘हामीलाई किन शव दिएनौ ?’
तर,शव दिनु कसरी ? जुन सेनाले बुटवलको कृम्सन अस्पतालबाट टिपेर लगी जंगलमा गाडिसकेको छ । परिवारको भनाइ छ, ‘हाम्रो संस्कारअनुसार अन्त्येष्टि गर्न पाउनुपर्थ्यो ।’
ती शिक्षक हिन्दू हुन् । अग्निदहन गरी शरीर बिसर्जन गर्ने मान्यता छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट निधन हुने व्यक्तिको हकमा अलग्गै प्रोटोकल तय गरेको छ ।
शव गाड्ने प्रचलन विशेषतः क्रिस्चियन समुदायको हो । तर, कोरोना भाइरस मानिसको मृत्यु भएपछि पनि सक्रिय हुने कारण क्रिस्चियनहरुले पनि जलाइरहेका छन् । हाम्रोमा त संस्कारले नै जलाउनुपर्ने शव गाडिएको छ,त्यो पनि परिवारको असहमतिका बीच ।
टिप्पणीहरू