वरिष्ठ चिकित्सकहरु कता बेपत्ता ?

वरिष्ठ चिकित्सकहरु कता बेपत्ता ?

के लकडाउनको बेलाचाहि मान्छेका हात खुट्टा भाँचिन्नन् ? मुटु, कलेजो, टाउको, आँखा, नशाको रोग लाग्दैन ? बैध्य, बास्कोटा, रिजाल, कोइराला, आचार्य डक्टर साहेबहरुको सेवा ती बिमारलाई चाहिन्न ? यदि चाहिन्छ भने राज्यले खै उहाँहरुलाई आग्रह उत्प्रेरित गरेको ?

नेपालमा कोरोना संक्रमण बढेसँगै अरु सबै ठाउँ सुनसान छन् । तर, सुनसान हुनै नपर्ने स्वास्थ्य संस्थाहरु पनि अचम्मैसँगले सुनसान हुँदा अरु किसिमका बिरामी पनि समस्यामा परेका छन् ।

कोरोनाका कारण स्वास्थ्यकर्मीहरु सबभन्दा बढी जोखिममा पर्छन् । त्यसका लागि सरकारले उनीहरुलाई पिपिईसहितका उपकरण उपलब्ध गराएको छ । तर, देशका नाम चलेका शल्य चिकित्सकदेखि विशेषज्ञ सेवा प्रदान गर्ने चिकित्सकहरु अहिले कहाँ छन् ? कुनै खबर छैन । हेलिप्याड भएका अस्पतालले कोरोनाको उपचार गर्न नसकेर अन्यत्र रिफर गर्नुपरेको छ ।

यस्तो स्थितिमा अरु देशमा जस्तै नेपालमा पनि विशेष स्वास्थ्य ऐन आउनुपथ्र्यो । तर,आएन ।

स्पेनमा कोरोना संक्रमण चुलिएपछि निजी अस्पताललाई राष्ट्रियकरण गरियो । चिकित्सकको इजाजत पाएको व्यक्तिले उपचार गर्दिनँ भन्न नपाउने कानुनी व्यवस्था नै गरियो ।

तर, हाम्रो देशमा सामान्य अवस्थामा रातदिन अपरेशन गरेर लाखौँ कमाउनेदेखि सरकारका काममा चित्त नबुझेर अनसन बस्नेसम्मका चिकित्सकहरु अहिले बेपत्ता छन् । के लकडाउनको बेलाचाहि मान्छेका हात खुट्टा भाँचिन्नन् ? मुटु,कलेजो,टाउको,आँखा ,नशाको रोग लाग्दैन ? बैध्य,बास्कोटा,रिजाल,कोइराला,आचार्य डक्टर साहेबहरुको सेवा ती बिमारलाई चाहिन्न ? यदि चाहिन्छ भने राज्यले खै त उहाँहरुलाई आग्रह र उत्प्रेरित गरेको ?

अरु त अरु, कानुन बनाउने राजा मुलुक भनिने बेलायतले पनि तीन दिनमै स्वास्थ्य कानुन जारी गर्ने अवस्था आयो । उसले कुनै पनि स्वास्थ्य संस्था बन्द गर्न नपाइने भन्दै २४ सै घण्टा अनिवार्य स्वास्थ्यसेवाको प्रत्याभूति पनि दियो ।

टिप्पणीहरू