बंगलादेशमा कोरोनाको औषधी ?

बंगलादेशमा कोरोनाको औषधी ?

कोरोना भाइरसको संक्रमणबाट आक्रान्त विश्वलाई बंगलादेशले खुशीको आशा जगाएको छ ।

विकसित राष्ट्रहरुले झैं छिमेकी बंगलादेशले पनि कोरोना रोकथामको लागि उपयोगी औषधी बनाएको दाबी गरेको छ । जेनेटिक नाम रेमडेसिभिर रहेको औषधीको प्रयोगले कोरोना संक्रमितको उपचारमा सकारात्मक लक्षण देखिएको छ । बंगलादेशस्थित बेक्सिम्को फर्माले बनाएको उक्त औषधीको नाम बेम्सिभिर रहेको छ ।

अमेरिकी खाद्य तथा औषधी विभागले कोभिड–१९ का बिरामीको आपत्कालीन उपचारमा रेमडेसिभिरको प्रयोग गर्न सकिने बताइसकेको छ । उक्त औषधीलाई जापानको स्वास्थ्य मन्त्रालयले पनि कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न अनुमति प्रदान गरेको छ । बंगलादेशको नियमनकारी निकायबाट कम्पनीले गत बिहीबार बेम्सिभिरको उत्पादन तथा बिक्री वितरणको अनुमति पाएको छ ।

कम्पनीले बेम्सिभिरको प्रयोग बंगलादेशको सरकारी अस्पतालमा रहेका बिरामीको निःशुल्क उपचारबाट शुरु गर्ने जनाएको छ । उसले उत्पादनको पहिलो खेपको औषधी बंगलादेश सरकारलाई दिने भएकाले स्थानीय बजारमा पनि तत्काल पाइने छैन । बेक्सिम्को फर्माले यसअघि बनाएको फाबिपिराभिर नामको औषधी चीनले आफ्ना कोभिड–१९ का बिरामीको उपचारमा समेत प्रयोग गरेको थियो ।

टिप्पणीहरू