सच्चा मनले सम्हाल्नुपर्छ प्रेम सम्बन्ध
सानो छँदा स्कूल पढ्ने बेलामा गरेको फस्र्ट लभ
अहिले उनी नहुँदा पनि मुटुमै बसिरहेछ फस्र्ट लभ
रुमाल लुकाई, लुकामारी, चीँमुसी खेल्दा जोडेको मन
परिस्थतिले शरीर छुटाएपनि नटुट्ने अटुट फस्र्ट लभ
जिन्दगीको यात्रामा कति आए, कति गए प्रेमसाथी
कहिल्यै बिर्सन सकिन्न भन्थे– हो रै’छ फस्र्ट लभ
साँचो, पवित्र प्रेम कसले पाउँछ त नि घरीघरी
डिप लभ भनेकै एकपटक हुने रहेछ फस्र्ट लभ ।
सानोमा स्कूल पढ्ने बेलामा सबैकै लभ पर्छ भन्ने त छैन । स्कूल, कलेज पढ्दा कसैसित लभ नगरेका पनि हौंला । तर जीवनमा एक न एकपटक चाहिँ सबै मानिस प्रेम सम्बन्धमा जोडिन पुग्छन् । चाहे विवाहपछि नै किन नहोस् ! प्रकृतिले थमाइदिएको पहिलो प्रेमलाई सम्हाल्ने जिम्मा हाम्रै हो । पहिलो प्रेमलाई नै अन्तिम र डिप लभ बनाउने प्रयत्न निश्चल–निश्छल मनले भयो भने प्रेम जीवनमा हामी सफल हुन सक्छौं । तर लोभी–पापी मन बनायौं भने प्रेम सुखको कल्पनै नगरे हुन्छ ।
मानौं, विवाहअघिको प्रेम जात, धर्म तथा पारिवारिक व्यवधानको कारण सफल हुन सकेन । छुट्टिनुप¥यो एकअर्काबाट भने प्रकृतिले अवश्य पनि अर्काे प्रेम जुराइदिनेछ । तर आफैंले बेइमानी वा गल्तीहरु गरेर भएको प्रेमलाई पवित्र राख्न सकेनौं भने फेरि अर्काे प्रेम कहिल्यै नमिल्न सक्छ । अनि जीवनभर प्रेम प्राप्तिको निम्ति हमेशा तड्पिएरै बाँच्नुपर्ने नियति नबन्ला भन्न सकिन्न । कदाचित अर्काे प्रेमसाथी भेटिएपनि पहिलेको जस्तो आत्मीय नहुन सक्छ । त्यसैले पाएको प्रेमलाई कहिल्यै पनि ख्यालख्याल नठानौं, प्रेमको संवेदनशीलताको ख्याल गरौं र सच्चा हृदयले यसलाई निर्वाह गरौं ।
प्रेममा हेलचक्र्याइँ गरियो, एउटा प्रेमसाथी हुँदाहुँदै चारैतिर तनमन डुलायो भने प्रेमले पनि त्यस्तालाई श्राप दिने रहेछ । प्रेमको श्राप प¥यो भने त आजीवन पानीविनाको माछा जस्तै भएर मर्नुपर्नेछ । तर अविवाहित प्रेमजोडीको त कुरै छोडौं, विवाहितहरुले पनि प्रेमलाई चिन्न नसकेको देखिन्छ समाजमा । कैयौं मानिसहरु बिहे गरेको केही वर्षपछि आफ्नो पति वा पत्नीलाई हेर्ने नजर बदलिन्छन् र पुरानो देख्छन् अनि नयाँ मानिसप्रति रुचि बढाउँछन् । यसले पति–पत्नीबीचको प्रेम सम्बन्धलाई धमिलो मात्र बनाउँदैन कि डिभोर्सको अवस्था सम्म उनीहरुलाई पु¥याइरहेको छ ।
पहिले निकै सुन्दर मानिस पछि साह्रै मोटाएर वा दुब्लाएर बिरुपको हुने, विभिन्न रोगले थलिएर अशक्त हुने गरेको पाइन्छ । आफ्नो रुपको घमण्ड गर्दा, यौवनलाई काबुमा राख्न नसक्दा, प्रेम र यौनको दुरुपयोग गरेर हिँड्दा पहिलाको त्यही सुन्दर मानिसलाई पछि कसैले हेर्न लायक समेत नहुने हालतमा पु¥याइदिन्छ प्रकृतिले । प्रेम साथीको सामुन्ने ऊबाहेक कसैसित नलाग्ने वाचा कसम निकै खाने तर लुकीछिपी बाहिरबाहिर चक्कर चलाउने, अरुसितै मोजमस्ती गर्दै हिँड्ने गरिन्छ भने अवश्य पाप लाग्नेछ । हामीलाई पो थाहा हुँदैन तर हाम्रो हरेक गतिविधि प्रकृतिले नियालिरहेको हुन्छ । गलत काम गरेर अरुले देखेको छैन भनी कोही पनि ढुक्क नभए हुन्छ । प्रकृतिले हरेकको हरहिसाब राख्दछ । र त जस्तो कर्म उस्तै फल भोगाउँछ हामीलाई ।
त्यसैले होस गरौं, आफ्नो यौवन तथा प्रेम र यौनलाई मर्यादाभित्र राख्न सकौं । जोसित प्रेम गरिन्छ, यौन सम्बन्ध पनि उसैसित मात्र कायम गरौं । बाहिरबाहिर चहार्दै हिँड्ने बानीले क्षणिक मजा त देला तर पछि प्रेम र यौनमा समेत तड्पिएरै जिउनुपर्ने अवस्था आउनेछ । अरुको हेर्दै आत्मरतिमा रमाउनुपर्ने बडो बिजोग परिस्थिति भोग्नुपर्नेछ । अनि त्यो जस्तो असह्य पीडा के होला र जीवनमा ?
टिप्पणीहरू