भारतलाई प्रचण्ड मन पर्न छाडेको हो ?
विजय जोलीले भनिदिए, ‘प्रचण्डले ओलीलाई समस्यामा पारेपछि नेपालले नक्सा निकालेको हो ।’
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय राजदूत विनयमोहन क्वात्रा दुईचोटि बालुवाटार बोलाइएका छन् । त्यसपछि भारतीय नेताहरुबाट आएका अभिव्यक्ति सुनौँ, सबैले उही कुरा भन्न थालेका छन् ।
भारतीय जनता पार्टीको विदेश विभाग सम्हालिसकेका विजय जोलीले एउटा अन्तर्वार्तामा नामै खोलेर भनिदिए, ‘प्रचण्डले ओलीलाई समस्यामा पारेपछि नेपालले नक्सा निकालेको हो ।’
यस्तै आशयको अभिव्यक्ति प्रोफेसर एसडी मुनीले पनि दिएका छन् ।
यसरी अहिलेसम्मको भारतीय बुझाई बद्लिएर त्यहाँ पूर्वमाओवादीविरोधी धारणा बन्न पुगेको छ ।
हिजो १० वर्षे जनयुद्धको साढे आठ वर्षसम्म आश्रयस्थल दिएको, १२ बुँदे सम्झौता गराएर शान्ति प्रक्रियामा पठाएकोजस्ता गुणका बदला माओवादीले यस्तो वैगुण लगाएको बुझाईमा छन्, भारतीय मूलधारका राजनीतिज्ञहरु । के भारतलाई अबचाहि प्रचण्ड या पूर्वमाओवादीहरु घाँडो लाग्न थालेको हो ? प्रचण्डको उक्साहटमा लागेर पार्टी सचिवालयका पाँच भाइले प्रधानमन्त्री केपी ओलीमाथि नयाँ नक्सा जारी गराउन दवाव सिर्जना गरेकै हो ?
टिप्पणीहरू