सेना घुस नखाने हाकिमको सर्चिङ्गमा
प्राविधिक सेवातर्फ घोटाला बढ्यो भनेर ती ठाउँमा लडाकू (इन्फेन्ट्री) पट्टीका जर्नेलहरु खटाइयो तर तिनले पनि त्यतातिर भागशान्ति जयनेपाल गर्न छाडेनन् ।
जताततै कोरोना संक्रमण देखिएर मान्छे अटेरी हुन थालेपछि कतै कतैबाट सेनाको माग हुन थालेको छ । अरु बेला प्रहरीले गर्नसक्ने सामान्य काममा पनि क्वारेन्टाइनबाट भाग्नेलाई तह लगाउन र सिमानाबाट बिना स्वास्थ्य परीक्षण ह्वार्ह्वारी छिर्न खोज्नेलाई रोक्न लौ सेना चाहियो भन्न थालिएको छ । भारतबाट फर्केकाबाट संक्रमण बढेपछि बाँकेको नरैनापुर गाउँपालिकाको अधिकांश वडामा संक्रमित देखिएका छन् । स्थानीय संक्रमित स्वास्थ्यकर्मीमाथि नै जाइलाग्न थालेपछि अहिले उक्त गाउँपालिकालाई सेनाले घेरा हालेर सुरक्षा दिएको छ ।
महामारीको संवदेनशीलता मात्रै होइन, आफैभित्रको आर्थिक अपचलन र अनुशासनहीनतालाई ध्यानमा राखेर नेपाली सेनाले जनशक्ति व्यवस्थापन र परिचालन नगरिनहुने अवस्था आइलागेको छ । प्राविधिक सेवातर्फ घोटाला बढ्यो भनेर ती ठाउँमा लडाकू (इन्फेन्ट्री) पट्टीका जर्नेलहरु खटाइयो तर तिनले पनि त्यतातिर भागशान्ति जयनेपाल गर्न छाडेनन् । भक्तपुर स्कुल र पाँचखाल तालिमकेन्द्रमा झन्डै पाँच करोड चप्काइसकेपछि छाउनी अस्पतालमा प्रयोगजङ्ग राणालाई पठाएर गर्न लागिएको नयाँ प्रयोग नै फेल खायो, भ्रष्टाचारमा उनै मुछिए ।
अनि उनैलाई तानेर फेरि सेनाभित्रको भ्रष्टाचार नियन्त्रण गर्ने (अख्तियाररुपी) निरीक्षण निर्देशनालयको हाकिम बनाइयो र त्यहीँ काम गर्दागर्दै गत हप्तादेखि समातेर हिरासतमा राखिएको छ । यसरी सबैतिरबाट नतिजा नकारात्मक आउन थालेपछि सेनापति पूर्णचन्द्र थापा सैन्य सामाग्री (गोलाबारुद,सडक बनाउँदा चट्टान फोर्ने जिलेटिनलगायत) उत्पादन गर्ने सुन्दरीजल, भीमफेदी, सुनाचरी, स्
त्यसैगरी सैनिक विमान (हवाई सेवा महानिर्देशनालय) र सवारी साधन मर्मत (एमटी) तथा सैनिक अस्पताल चलाउन त्यहाँभित्रैका पाइलट र चिकित्सक दुई तारे जर्नेलहरूको दरवन्दी भएतापनि काममा सघाउन र अनुगमनको लागि भन्दै जङ्गीअड्डाबाटै घुस नखाने गैह्र प्राविधिक जर्नेल,कर्णेललाई खोजी खोजी संक्रमणकालका नाममा खटाउन लागिएको छ ।
सेनाले प्राविधिकहरूले आफ्नो काममा केन्द्रित हुँदा प्रशासनिक र आर्थिक कार्य सोचेअनुरूप हुन नसक्ने निचोड निकालेको थियो । सोहीअनुरूप केही समयदेखि प्राविधिकहरूलाई आफ्नो काममा मात्र केन्द्रित हुने तर प्रशासनिक कामको बोझ नथप्ने व्यवस्था मिलाइएको हो ।
ईश्वर सधैं दाहिने नभएपछि…
सैनिक कारबाहीको निम्ति हिरासतमा राखिएका जर्नेल प्रयोगजंग राणाको हकमा त पाप धुरीबाट कराउने उखान सत्य सावित हुन लाग्दैछ तर महासेनानी नवीन सिलवालको हकमा भने दुई तारे जर्नेल बन्नको निम्ति नभै नहुने एनडिसी कोर्समा अमेरिका जाने बाटो तत्काललाई अवरुद्ध भएको छ ।
अथाह सम्पत्तिका मालिक राणा पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाकी सालीको छोरा हुन् । सँधै राम्रो ठाउँ पाउँदै आएका उनको व्यक्तिगत र पारिवारिक जीवन भने सोचेझैँ सुखद् बन्न सकेको देखिँदैन । केही समयअघि भारतमा भएको सवारी दुर्घटनामा छोरा परे ।
उनका एकजना दाजु पूर्वराजाको लगानी रहेको सिप्रदी कम्पनीमा काम गर्थे । त्यहाँ यौटा मानवीय त्रुटि भयो र आर्थिक अनियमितताको आरोपपछि भारत पलायन भएर पोहोर उतै बिते । अहिले आफू मेजर जनरलको फुली थाप्ने मुखमा आइपुग्दा जागिर जाने अवस्था सिर्जना भएको छ।
टिप्पणीहरू