सिनियर प्लम्बरको हातमै घुस

सिनियर प्लम्बरको हातमै घुस

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौर शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आज नियन्त्रणमा लिएको हो ।

उनले खानेपानीको धारा जडानका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । सोही आरोपमा सेवाग्राहीले अख्तियारमा उजुरीसमेत गरेका थिए । उक्त उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले प्लम्बर खुलाललाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू