२८ जिल्लाका भूमिहीनहरुलाई जग्गा बाँडदै भूमि आयोग
राष्ट्रिय भूमि आयोगले २८ जिल्लाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुसँग जग्गा प्राप्तिका निमित्त निवेदन माग गरेको छ । आज सूचना निकालेर आयोगले काठमाडौं महानगरपालिकासहित देशका विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलनका लागि ३५ दिनभित्र निवेदन आह्वान गरेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित स्थानीय तहको वडाका तोकिएका स्थानहरुबाट खटिएका लगत संकलकमार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख गरेकाे छ ।
टिप्पणीहरू