विराटनगर उडेको यतिको विमान वीचैमा काठमाडौं फिर्ता

विराटनगर उडेको यतिको विमान वीचैमा काठमाडौं फिर्ता

हिजो राति काठमाडौंबाट विराटनगरतर्फ उडेको यति एअरलाइन्सको एउटा विमानलाई वीचैबाट फर्काइएको छ । काठमाडौंबाट राति ७ः२० बजे उडेको उक्त विमान आधा घण्टामै काठमाडौं फर्केको हो ।

७२ जना यात्रु सवार उक्त विमान विराटनगर क्षेत्रको मौसम खराब भएका कारण अवतरण हुन नसकी काठमाडौं फर्केको हो । विमान काठमाडौं विमानस्थलमा रातको ७ बजेर ५२ मीनेटमा अवतरण भएको थियो ।

टिप्पणीहरू