चितवनमा डेंगुका कारण महिला बितिन्, झण्डै एक हजार संक्रमित

चितवनमा डेंगुका कारण महिला बितिन्, झण्डै एक हजार संक्रमित

चितवनमा डेंगु संक्रमणबाट एक महिलाको ज्यान गएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा केही दिनअघि उनमा डेंगु पुष्टि भएको थियो । लगत्तै चितवन मेडिकल कलेजमा उपचाररत उनको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगु संक्रमणका कारण मृत्यु भएको थियो । चितवनमा हाल ७४३ जना डेंगुका सक्रिय संक्रमित रहेको बताइन्छ ।

टिप्पणीहरू