प्रधानमन्त्री विरोधी काँग्रेस समूहको चियापान, नयाँ रणनीति बनाउन छलफल

प्रधानमन्त्री विरोधी काँग्रेस समूहको चियापान, नयाँ रणनीति बनाउन छलफल

नेपाली कांग्रेसको डा.शेखर समूहले आज राजधानीमा चियापान कार्यक्रम गरेको छ । चियापान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरिएको छ ।

कार्यक्रममा नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत केन्द्रीय सदस्य एवम् जिल्ला सभापतिहरुको उपस्थिति छ ।

चियापानसँगै नेताहरुले आफ्नो समूहको आगामी रणनीतिबारे छलफल गर्न लागेका छन् ।

काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति उक्त समूहले चर्को असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले उक्त सूची संशोधन गर्न सकिने जानकारी दिइसक्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा धर्ना समेत दिँदै आएको डा. कोइराला समूहले आफूहरूले सम्मानजक कोटा नपाए पार्टीभित्र विद्रोह गर्ने चेतावनी यसअघि नै दिएको छ ।

टिप्पणीहरू