नेपालको सुरक्षामा आँच नपुर्याउन चीनको चेतावनी
जसरी हङकङ र तिब्बतको मुद्दामा नेपाली जनताले चीनलाई साथ दिँदै आएको छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र सुरक्षामा चीन नेपालसङ्गै रहनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले हिजो नेकपाको पार्टी स्कुल बिभागसङ्ग मिलेर तिब्बत सरकारका पदाधिकारीहरुको निम्ति भिडियो सम्मेलन आयोजना गरेको छ । तिब्बत डेलीमा सो सम्मेलनवारे आज प्रकाशित विवरणअनुसार त्यस अवसरमा चिनियाँ पक्षबाट ब्यक्त बिचार हाल नेपालले झेल्दै गरेको सीमा समस्याका निम्ति थोरै राहतको विषय हुनसक्छ ।
नेकपा अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलसहित यताबाट सहभागी रहनुभएको भिडियो सम्वादमा चिनियाँ कम्युनिस्ट पार्टीका बिदेश बिभाग प्रमुख सोङ्ग ताओले कूटनीतिक शैली तर स्पष्ट शव्दमा भनेका थिए- जसरी हङकङ र तिब्बतको मुद्दामा नेपाली जनताले चीनलाई साथ दिदै आएको छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र सुरक्षामा चीन नेपालसङ्गै रहनेछ ।
यसअघि सन १९६२ को भारत-चीन युध्दपछि नेपाल-भारतवीच विवाद बढेको बेला प्रधानमन्त्री चौ एनलाईसङ्गै नेपाल आएका बिदेश मन्त्री तथा सेनाका मार्शल छन यीले बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा यसरी नै उद्घोष गरेका थिए- नेपालमाथि कसैले हमला गरेमा चिनियाँ जनमुक्ति सेनाले सो को प्रतिकार गर्नेछ ।
हिजोको वार्तामा चीनका तर्फबाट सोङ्ग ताओका अतिरिक्त तिब्बत हेर्ने पार्टी सचिव वु यिङ्ग्जिए र जिल्ला पार्टी स्कुल बिभाग प्रमुख सु वेन्हुइ समेत सहभागी थिए ।
टिप्पणीहरू