मन्त्रीहरूले प्रधानमन्त्रीलाई के भने ?
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँग सम्बन्धित रहेर प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेसहित केही पूर्वमाओवादी केन्द्रका नेतासँग पनि परामर्श गर्नुभएको छ ।
बुधबार बिहानै बालुवाटारमा मन्त्री र स्थायी कमिटीमा रहेका पूर्व माओवादी नेतासहित गृहमन्त्री रामबहादुर थापा र लेखराज भट्ट पनि हुनुहुन्थ्यो ।
बालुवाटार पुगेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई पार्टीका संस्थागत निर्णयका आधारमा चल्न र उत्पन्न परिस्थितिलाई संवादको विधिबाट हल गर्नुपर्ने सुझाव दिए ।
पर्यटन मन्त्री रहेका योगेश भट्टराईले दुबैतिरबाट प्रोक्सीवार बन्द गर्नुपर्ने सुझाव दिए ।
गएकामध्ये कुनै पनि मन्त्रीले राजीनामा दिनुपर्ने सुझाव भने दिएनन् । बरु पार्टीको बिधिभन्दा बाहिर जान नहुने बताए !
नेताहरुको चित्त दुखेको र पार्टीको शीर्ष नेतृत्व तहमा विश्वासको संकट रहेको भन्दै मन्त्रीहरुले विश्वास आर्जनका निम्ति प्रधानमन्त्री सक्रिय हुनुपर्ने सुझाव दिए ।
मन्त्री नरहेका पूर्वमाओवादीतर्फका मणि थापा र टोपबहादुर रायमाझीसँग पनि प्रधानमन्त्रीले आफूलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
टिप्पणीहरू