वामदेवलाई घेर्नेमा युवराज पनि

वामदेवलाई घेर्नेमा युवराज पनि

नेकपाको जारी बिबादमा बहुचर्चित स्वास्थ्य सामग्री घोटाला प्रकरणका मूल पात्र युवराज शर्मा पनि प्रयोग भएको पाइएको छ ।

ओम्नी ग्रुपको तर्फबाट कोरोना संक्रमण नियन्त्रणसम्बन्धी चिनियाँ सामग्री करोडौं रकम अन्तर पारी नेपाल सरकारलाई भिडाएर शुरुमै बदनाम भैसकेका हिमालयन ह्वाइट हाउस कलेजवाला शर्मा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीकै कित्तामा फर्काउन परिचालित भएका हुन् ।

उनले गौतमका एक्ला छोरा हरिशलाई बेलाबखत कन्याउने काम जारी राखेको श्रोतको कथन छ । यही समूहले पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई समेत अब युवराज खतिवडालाई घर पठाएर अर्थको जिम्मेवारी दिन सकिने प्रलोभन बाँड्न पुगेको पनि यसैबीच खुलासा भएको खुमलटारमा चर्चा छ ।

टिप्पणीहरू