“आईजीपीको क्षमता अब हेर्ने हो’ : प्रधानमन्त्री

“आईजीपीको क्षमता अब हेर्ने हो’ : प्रधानमन्त्री

अस्ति बेलुकाको मन्त्रीपरिषद् बैठकले नयाँ प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले क्षेत्रीलाई नयाँ आईजीपी बनाउन पेश गरेको प्रस्ताव क्याबिनेटबाट सर्लक्क पास भएको थियो । बैठकमा सामान्य मुडमा रहनुभएका प्रधानमन्त्रीले महानिरीक्षक नियुक्तिको प्रस्तावमाथि संक्षिप्त रूपमा ‘अब यो प्रक्रियामै आएको र ठीकै देखिएको’ बताउनुभएको सहभागी एकजना मन्त्रीले उल्लेख गरेका छन् । साथै, वहाँले बैठकमा गृहमन्त्रालयको प्रस्ताव वरिष्ठताको आधारमा भएपनि निजको कार्यक्षमता र कार्यसम्पादन भने नियुक्तिपछि मात्र हेरिने विषय रहेको उल्लेख गर्नुभएको थियो ।

हालका आईजीपी ठाकुर ज्ञवालीले आज बिहीबारदेखि अवकाश पाउँदै छन् । २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका क्षेत्रीले आफ्नो लटको इन्स्पेक्टरमा एक नम्बरमा नाम निकालेका थिए । आईजीपी बढुवामा उनीसँगै एआईजी हरि पाल पनि प्रतिस्पर्धी थिए । पाल क्षेत्रीकै २०४९ को लटका डाइनामिक इन्स्पेक्टर हुन् ।

टिप्पणीहरू