मध्यमार्गी मन्त्रीले कसरी चलाउने मोर्चा ?
चितवन पुगेर ‘मैले हतार गरेको भए पार्टीमा दुर्घटना हुन्थ्यो’ भन्नुभएका अध्यक्ष प्रचण्डको पनि आफ्नै खालको गुनासो रहेछ । ‘ऐन मौकामा पार्टीभित्रको समस्या मिलाउने नाममा विशेषगरी घनश्यामजी र योगेशजीले के गर्नुभएको हो बुझ्न सकिएको छैन’ भन्दै वहाँले ‘प्रधानमन्त्री पक्षबाट धेरैभन्दा धेरै पेलानमा पर्ने नेता तिनै हुन् । अहिले सबै जिम्मेवारी प्रधानमन्त्रीले नै ओगटेर बसेपछि कसरी पार्टी नेतृत्वको विकास हुन्छ ? यस्तो अवस्थामा पनि भुसाल र भट्टराईहरू चाहिँ मिलाउनुपर्छ’ भन्ने नाममा घुमाएर प्रधानमन्त्रीलाई नै जोगाइरहनुभएको छ ।
यही मेसोमा बालुवाटारले पछिल्लो दिन ललितपुरको अँगेनो रेष्टुरेण्टमा भेला भएकाहरूमध्ये केहीलाई आफ्नो पक्षमा ल्याएको दाबी गर्न थालेको छ । ‘बरु शंकर पोखरेल,गोकुल बाँस्कोटाहरूले पार्टी फुटाउने हो भने त्यसमा चाहिँ साथ दिन सकिँदैन है बा’ भनेर स्पष्टसँग भनेको उल्लेख गर्दै दाहालले ‘यस्तो बेलामा यी दुई भाइले के अलग पहिचान दिन खोज्या हुन् ? जे गरेपनि उनीहरूको मूल्याङ्कन बालुवाटारले कस्तो गर्छ सहजै अनुमान गर्न सकिन्छ’ भन्ने गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्रीले अरु जे भनेपनि एउटा कुरो चाहि ठीकै भन्नुभएको बताइएको छ । दुई साताअघि विवाद उत्कर्षमा पुगेको बेला क्याबिनेट मन्त्रीहरूलाई बोलाएर वहाँले ‘सबैले कित्ताकाट गर्ने बेला आएको’ बताउनुभएको थियो । तर, बालुवाटारले मुखले भनेपनि अर्को पक्षकाले त्यसो गरेको देखिएको छैन । प्रचण्डका अनुसार अहिले कतिपय कमरेडहरूको अवस्था ‘माछा देख्दा दुलोभित्र, सर्प देख्दा बाहिर हात’ भनेझैँ देखिएको छ । ‘सहमतिको नाममा बहुमत पक्षले पनि कति समयसम्म बैठक सारेर बस्ने ?’ अध्यक्ष दाहालको प्रश्न हो यो ।
विश्लेषकहरूका अनुसार अहिलेको अवस्थामा पार्टी विभाजन कदापी हुन सक्दैन । प्रधानमन्त्रीले पार्टी विभाजनको संकेत गरेपनि त्यसको निम्ति एक मात्र हतियार भनेको अध्यादेश मात्रै हो । जवान छँदासमेत पार्टीको सङ्गठन बनाउन नहिड्ने र एकीकरणपछि त झन पार्टीको काममा ध्यानै नदिनेले यो उमेर र शारीरिक अवस्थामा कसरी नेकपा (एमाले) लाई पुनर्जीवन दिन सक्नुहोला ! आफू अनुकूलको अध्यादेश ल्याएर पार्टी विभाजन गरेपनि संसदबाट अध्यादेश कसरी पास होला ? त्यस्तो अवस्थामा काँग्रेस वा मधेशवादी दलको सहयोग आवश्यक पर्दछ । तर,त्यस्तो सम्भावना नै देखिँदैन ।
पार्टी विभाजनको विषय यतिखेर दुबै पक्षमा ‘अब्जेक्टिभ’ अर्थात् ‘
टिप्पणीहरू