सरुवा हुनासाथ यौनकाण्डमा एसएसपी समातिए

सरुवा हुनासाथ यौनकाण्डमा एसएसपी समातिए

सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बलात्कार काण्डमा समातिएका छन् । आजै बुधबार बिहान साँढे आठ बजेतिर २६,२७ वर्षकी एउटी युवती सँधैझैँ स्कुटी चढेर सरर्र एसएसपी कार्यालय रहेको कम्याउण्डभित्रको निवास छिरिन् । बिहानै चिया, कफीको साटो उनीहरूले सोमरसको बोटल नै खोले । पहिलेझैँ रमाइलो गरे र अन्तमा गलफत्ती शुरु भयो । गलफत्ती एकाएक तोडफोडमा परिणत भयो ।

एसएसपी निवासमा हल्लाखल्ली भयो । सशस्त्रका सुरक्षाकर्मीहरू हाइ अलर्टमा देखिए । एकछिनमा युवतीले आफूलाई एसएसपीले बलात्कार गरेको भनी नेपाल प्रहरीको कन्ट्रोल नं.१०० मा खबर गरिन् । प्रहरीको कन्ट्रोलले दिएको जानकारीअनुसार लगत्तै सशस्त्रको मुक्तिनाथ बाहिनीका डिआईजी कविन्द्रमान प्रधान र एसएसपी जयकुमार खड्कासहितको टोली घटनास्थल पुग्यो ।

प्रहरीले ४९ वर्षे एसएसपीको सामुन्ने घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यो । निवासमा प्राप्त तथ्य प्रमाणमा निजहरूले चिया खाने बिहानको समयमा रक्सी सेवन गरेको र त्यसपछि झगडा गरेको देखियो । प्रहरीको अनुसन्धानमा टेबुलको सिसा र खानपिनमा प्रयोग भएका अधिकांश गिलासहरू फुटेको देखिएको छ । अधिकारीको बेडरुम र बैठक कोठाका सबै सामान अलपत्र थिए । सँगै भियाग्राको तीनवटा खोल पनि प्रहरीले बरामद गरेको छ । एसएसपी निवासको रुमालमा लतपतिएको आलो बिर्य नै भेटेपछि जाँचबुझ पत्रसहित अधिकारीलाई पक्राउ गरेर कास्की प्रहरीले बेलुका छ बजेतिर लगेको थियो ।

बुढेशकालमा बैंश चढेपछि आगामी माघ १ गते अवकास हुने अधिकारी बलात्कारको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । यता,सशस्त्र मुख्यालयले आजै निजलाई निलम्बन गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ । स्रोतका अनुसार अस्ति मात्र हेडक्वार्टर हलचोक सरुवा भएको थियो । सरुवापछि काठमाडौं जानुअघि पोखरामा मुड फ्रेस हुन एसएसपीले खानपीन र मस्तीको योजना बनाएको देखिन्छ ।

सोहीबमोजिम आज बिहान दारु र भियग्राको कार्यक्रम बनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोत भन्छ ‘शायद पोखरा छोड्नुअघि युवतीलाई दिइएका यसअघिका केही शर्त पनि पूरा गर्नुपर्ने थियो होला । अधिकारीबाट त्यसको संकेत नपाएपछि युवतीले उक्त लफडा गराएको हुनसक्छ ।’

तर,दिनदहाडै स्टाफ र सुरक्षाकर्मीको चौघेराभित्र बसेका एसएसपीले निवासमा मच्चाएको राशलीलाले संगठनको समेत बेइज्जत भएको छ । यो घटनाले सशस्त्रका अन्य अधिकृत तथा कर्मचारी र तिनका परिवारलाई समेत समाजमा मुख देखाउन पनि लाज भएको बताइएको छ ।

यतिखेर सशस्त्रका एकजना डिआईजी श्रीमती मारेको अभियोगमा झ्यालखानामा छन् भने अर्का एसएसपीलाई कार्यालय समयमा कार्यालयभित्रै युवती बलात्कारको आरोप लागेको छ । डिआईजी रञ्जन कोइराला साउन ७ गते छुट्दै छन् । तर, उनी नछुट्दै अर्का एसएसपी खोरमा जाकिन तयार भएका छन् । नयाँ फौजदारी संहिताअनुसार अधिकारी अब वर्षौं झ्यालखानामा जाकिने पक्का छ ।

टिप्पणीहरू