नेकपा विवादमा नयाँ मोड
“पार्टीले भनेको किन नमान्नु तर भारतले भनेको पो मान्दिन त ! केन्द्रीय कमिटी र स्थायी समितिबाट स्थितिलाई किन गिजोल्नु, हामी बसौं, क-कसले के-के त्याग गर्नपर्ने हो गरौं ।” प्रधानमन्त्रीबाट यस्तो आशय प्रकट भएको नेकपा उच्चस्तरीय श्रोतले जनआस्थालाई बतायो ।
नेकपा विवादले नयाँ मोड लिने लक्षण देखापरेको छ । स्थायी समिति बैठक स्थगन र प्रस्तावित केन्द्रीय कमिटी बैठकको तिथि घोषणा नगरी आज सचिवालयमै घनिभूत छलफलमार्फत मन माझ्ने प्रस्ताव त्यही दिशाअन्तर्गतको बताइन्छ । अस्तिसम्म प्रधानमन्त्री केपी ओली तपाईंहरु जेसुकै भन्नोस् म दुइटै पद छाड्दिन भन्ने तहमा हुनुहुन्थ्यो,हिजो भने डेडलकमा थोरै आइसब्रेक देखिएको श्रोत बताउँछ ।
“पार्टीले भनेको किन नमान्नु तर भारतले भनेको पो मान्दिन त !” हिजो यस्तो प्रस्ताव आएपछि निर्धारित स्थायी समिति बैठक रोकेर आज सचिवालय बस्न लागेको हो । “केन्द्रीय कमिटी र स्थायी समितिबाट स्थितिलाई किन गिजोल्नु,हामी बसौं, क-कसले के-के त्याग गर्नपर्ने हो गरौं ।” प्रधानमन्त्रीबाट यस्तो आशय प्रकट भएको उच्चस्तरीय नेकपा श्रोतले जनआस्थालाई बतायो । तर यो नेपाल र नेकपाको कथा हो, कतिबेला के हुन्छ- मौसमको जस्तै कुनै भरचाहिँ छैन ।
नेकपामा केन्द्रीय कमिटी महाधिवेशनअगाडिको सर्वोच्च निकाय हो जसले नेतृत्व हेरफेर गरेको छ, गर्न सक्छ । पार्टी एकतापछि दुई अध्यक्ष, उपाध्यक्ष, महासचिव र प्रवक्ताको ब्यवस्था,नयाँ आएकाहरुलाई थप्न केन्द्रीय सदस्य संख्या बृध्दिको निर्णय यसैले गरेको हो भलै बैठक बर्षमा दुईचोटि पनि बस्दैन ।
टिप्पणीहरू