थारुको घरमा अवैध हतियार र चित्तलको सुकुटी

थारुको घरमा अवैध हतियार र चित्तलको सुकुटी

बर्दियामा प्रहरीले जंगली जनावरको मासु र अवैध हतियार बरामद गरेको छ ।  बाँसगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद भएको प्रहरी चौकी लक्ष्मणले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया,बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, बारुद १५ ग्राम, केप २५ वटा फेला परेको हो ।

घरभित्र चित्तलको मासुको सुकुटी १ किलो र बँदेलको दारा ४ वटा फेला पारिएको प्रहरीले जनाएको छ । गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार गुलरामको खोजी भैरहेको बताइएको छ ।

टिप्पणीहरू