समानुपातिकमा बागलुङबाट जाने भए ७ जना माननीय

समानुपातिकमा बागलुङबाट जाने भए ७ जना माननीय

-राजेशचन्द्र राजभण्डारी 

बाग्लुङ्गबाट राजनीतिक दलहरूले धमाधम सांसदहरूको नाम सार्वजनिक गर्न थालेका छन् । 

२०७९ मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ नाम बुझाएको नेपाल कम्युनिस्ट पार्टी एमालेले ४ जनाको नाम सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको छ ।

माओवादी छाडेका पाेलिटब्युरो सदस्य लीलबहादुर थापा, केन्द्रीय सदस्य गाेविन्द नेपाली,गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण पाठक,एमाले सचिवालय सदस्य बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको लागि निर्वाचित भएको भनेर लेखिएको छ । 

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद चम्पादेवी खड्का र दिलमाया रामदाम, माआ‌ेवादी केन्द्रबाट  गण्डकी प्रदेश सदस्य कुसुम बुढाकाे नाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई समानुपातिक सूचिमा भएका उमेदवारकाे नाम माग्नुभन्दा अगाडि नै 

दलहरूले बन्द सूचिमा भएका ब्यक्तिकाे नाममा एक साता पहिलादेखि  बधाई दिन शुरू गरिसकेका छन् ।

प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ४ वटाबाट बागलुङ जिल्लाका ६ जना निर्वाचित भइसकेका छन् ।अहिलेसम्मकाे हिसाबले  बागलुङ जिल्लामा १३ जना सांसद पुग्ने देखिएकाे छ । यस्तै प्रतिनिधि सभाकाे लागि एमालेबाट जनजाति काेटामा प्रभु  ग्रुपका अध्यक्ष देवी भट्टचन पर्ने लगभग निश्चित देखिन्छ ।

टिप्पणीहरू