माननीय छान्न तपोवनमा सिकेको बैठक

माननीय छान्न तपोवनमा सिकेको बैठक

शुरु मङ्सिर चारको निर्वाचनमा सनसनीपूर्ण नतिजा निकालेर सत्तामा उक्लिने तरखरमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै मधेसबाट काठमाडौँ उक्लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका अध्यक्ष राउतले आज केन्द्रीय कार्यसमितिको बैठक डाकेका हुन् । 

कोटेश्वरस्थित होटल तपोवनमा केहीबेरअघि बैठक शुरू भएको सो पार्टीका एक नेताले जानकारी दिए । बैठकमा अध्यक्ष राउत, उपाध्यक्षद्वय बसन्त कुशवाह,दिपक साह, महासचिव चन्दन सिंह, लुम्बिनी प्रदेशकी कृषि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी, सिराहाका प्रदेश सांसद सञ्जय यादवलगायत सहभागी छन् । 

बैठकले प्रतिनिधि र प्रदेशसभाको समानुपातिक सांसद चयनसम्बन्धी निर्णय गर्ने बताइएको छ । 

तराई-मधेसलाई छुट्टै राज्य बनाउने भन्दै लामो हिंसात्मक आन्दोलन गरेका राउतले शान्तिपूर्ण राजनीतिमा आएपछिको पहिलो चुनावमै पार्टीलाई सफलता दिलाउन सफल भएका हुन् । प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट जितेर जनमत त्रिशंकु संसदमा सत्ताको निर्णायक शक्ति बनेको छ । 

राउत स्वयं शक्तिशाली मन्त्रालय लिएर सरकारमा जाने तयारीका साथ शीर्ष नेताको दैलो चाहारिरहेका छन् ।

टिप्पणीहरू