बाल्कोटको गल्लीमा ढुङ्गा हानिएकी जस्मिनलाई सुरक्षा दिन महिला आयोगको पत्राचार

बाल्कोटको गल्लीमा ढुङ्गा हानिएकी जस्मिनलाई सुरक्षा दिन महिला आयोगको पत्राचार

घरेलु हिंसामा परेकी बिनु यादवलाई न्यायिक लडाईमा साथ दिने जस्मिन ओझालाई राष्ट्रिय महिला आयोगले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेको छ । आज आयोगले जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई पत्राचार गर्दै जस्मिन ओझाका साथसाथै उनका परिवारलाई शान्ति सुरक्षा प्रदान गर्न अनुरोध गरेको छ । 

‘पीडित बिनु यादवको न्यायिक लडाईमा साथ दिइरहेकी जस्मिन ओझाले यसअघि आफ्नो ज्यान असुरक्षित भएको भन्दै आयोगमा निवेदन दिएकाले उनलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनहुन अनुरोध गर्दछौँ’ पत्रमा उल्लेख छ । 

ओझाले यसअघि आयोगमा आफ्नो ज्यान असुरक्षित रहेको भन्दै निवेदन दिएकी थिइन् । उनले रामेछापको मन्थली १ मा बस्ने प्रदीप कठायतमाथि आफूलाई शंका लागेको बताउँदै निवेदन दिएकी थिइन् ।साथै,उनले आफूलाई पछिल्लो समय योजना बनाई डर,धम्की दिइरहेको र बालकोटको सुनसान गल्लीमा ढुंगा प्रहार भई शारीरिक हमलासमेत भएको बताएकी थिइन् ।

टिप्पणीहरू