दशैंको लुगाजस्तो पति फेरेको फेर्यै
भनिन्छ नि, पहिलोलाई छाडेर दोस्रोसँग जान पो गाह्रो । दोस्रोलाई छाडेर तेस्रो, चौथो, पाँचाँै बनाउन कुनै ‘आइतबार’ नहुने रहेछ ।
यस्तै लाग्छ मिश्रा पाण्डवको जिन्दगीलाई नजिकबाट हेर्दा । उमेर चार दशक कट्यो । अहिलेसम्म चारै जना श्रीमान्् परिवर्तन भए । बाध्यताले कम, रहरले ज्यादा । मान्छे रहरको दास बन्यो भने उसको जीवन कसरी खस्दै र खस्कँदै जान्छ भन्ने एउटा उदाहरण पनि हुन् उनी । पूर्वी ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाकी चेली हुन् मिश्रा । २० वर्षकै उमेरमा बाँधिइन् विवाह बन्धनमा झण्डै तीन दशकअगाडि । जनयुद्धको त्राहिमामपूर्ण स्थितिबीच जेठी बुहारी बनेर भित्रिइन् । सासू–ससुराले सोचेका थिए अब दुःखका दिन गए । दुलही बनेर भित्रिएको केही समयसम्म उधुम तरिकाले सासू, ससुरा र श्रीमान्लाई सहयोग गरिन् । घाँसपात, मेलापात सबै सम्हालिन् । श्रीमान्लाई पनि भरपुर सन्तुष्टि दिएकी थिइन् । परिवार कुनै कुरामा असन्तुष्ट थिएन । सबैका नजरमा सोझो, होचो जिउडाल, सामान्य रुपरंग र कर्तव्यनिष्ठजस्तो देखिए पनि वास्तवमा उनी छुट्टै थिइन् ।
सामान्य परिवार तर टिकेको थियो इमानमा । त्यसैका कारण समाजमा उनीहरूको बेग्लै भाउ थियो । चार जना देवर, तिनको शिक्षा दिक्षादेखि अभिभावकत्व निर्वाह गर्नुपर्ने सारा जिम्मेवारी थियो मिश्राका श्रीमान्को काँधमा । विवाहको वर्ष दिनमै छोरीलाई जन्म दिइन् । खाने मुख थपिए, आम्दानी थपिएन । पाँच भाइको एकता खुबै बलियो थियो । उता, जेठाबाहेक अन्य चार भाइको विवाह बाँकी नै । परिवारले क्रमशः सबै भाइको धुमधामसाथ विवाह गर्ने सोच बनाएको थियो । काँधमा आएको जिम्मेवारी स्वदेशमा बसेर पूरा नहुने देखेपछि परिवारको जीवनस्तर उकास्नका लागि भन्दै हान्निए खाडीतिर । अरबको चर्काे गर्मीमा साबेल र बेल्चा हानिरहे । श्रीमतीलाई के बाध्यता आइलाग्यो कुन्नि, लोभी आँखा साहिँलो देवरतिर सोझिन पुग्यो ।
पाँच भाइमध्ये सबैभन्दा खाइलाग्दो ज्यान उसैको थियो । अध्ययनमा पनि अब्बल । माध्यमिक तहमा अध्ययनरत । उनले कापीमा लेख्ने अक्षरको वर्णन गरौँ भने, किताबको हुबहु । अरु भाइमध्ये बाठो र इमान्दार पनि । तर, कालान्तरमा उनी भाउजूको जालमा परे वा आफँैले खनेको खाडलमा पुरिए । उनै साहिँलो देवरसँग मिश्राको प्रेम झांगिएन मात्र उनीहरूले हुर्काएको पाप पेटमा हुर्कंदै गयो । श्रीमान्् बिदेसिएको एक वर्ष नहुँदै देवरसँगको संसर्गले दुई जिउकी भइन् । यो उठबस र सम्बन्धबारे एक, कान दुई कान मैदान भयो । पहिलो छोरी घरमै छाडेर रातारात भित्रिए काठमाडौं । मूलपानीमा डेरा लिएर यतै गुजारा चलाउन थाले । दोस्रो श्रीमान्् मूलपानीतिरकै एउटा फ्याक्ट्रीमा काम गर्थे । यसै क्रममा मिश्राले देवरबाट वर्षैपिच्छे एक–एक गरी ३ छोरी जन्माइन् ।
धनको पछि लागिन् कि वैंशको ? मिश्राले फेरि तेश्रो विवाह गरिन् ।
विदेशबाट जेठो श्रीमान् पनि स्वदेश फर्किइसकेका थिए । उनी आएलगत्तै परिवारमा अंशबण्डा हुने भयो । साहिँलो पनि अंश थाप्न घर गए । अंश भागबण्डा भएपछि जेठो श्रीमान्को मन त्यहाँ रमेन । छोरी काखी च्यापेर धरानतिर झरे । जेठो घर छाडेर हिँडेपछि साहिँलो छोरो श्रीमती र बालबच्चा साथै लगाएर मानेभञ्ज्याङ भित्रिए र अंशबण्डामा प्राप्त जग्गामा एउटा सानो झुपडी बनाएर बस्न थाले ।माहुरी सदैव एउटै फूलमा कहाँ रमिरहन्छ र मिश्राको मन दोस्रो श्रीमान्सँग पनि रमिरहेन । काठमाडौंबाट गाउँ फर्किएको केही समयपछि नै तेस्रो विवाह गरिन् गाउँकै केटासँग । दोस्रो श्रीमान्को घरबाट तेस्रो श्रीमान्को घर पुग्न ५ मीनेट मात्र लाग्छ । यदि, घरको बीचमा एउटा डाँडो नहुँदो हो त साइँलो (दोस्रो श्रीमान्) को घरबाट त्यो केटाको घर सजिलै देख्न सकिन्थ्यो । उमेरको अनुमान लगाउँदा, त्यो केटा मिश्राभन्दा करिब १० वर्ष कान्छो छन् । उनी विदेशबाट भर्खंरै गाउँ फर्किएका ।
धनको पछि लागिन् कि वैंशको ? मिश्राले फेरि तेश्रो विवाह गरिन् । उनीबाट दुई छोरी छन् । तेस्रो श्रीमान्सँग केही वर्ष बिताएकी उनले त्यहाँ पनि घरजम गरेर बस्न सकिनन् । त्यसपछि फेरि आफ्नै उमेरको केटासँग सौता लाग्न पुगिन् । चौथोपट्टिको श्रीमान्बाट एउटा छोरालाई जन्म दिएकी छन् । उमेरले डाँडातिर धकेल्दै लगे पनि अब फेरि उनले अरु पुरुषसँग एकता गर्छिन्÷गर्दिनन् वा अन्य पुरुषले उनलाई पत्याउँछन् कि पत्याउँदैनन् ? यसरी पहिलो पतिलाई धोखा दिएकी मिश्राले अहिलेसम्म चारवटा पुरुष फेरिसकिन् । चार श्रीमान्बाट सात सन्तान छन् । कान्छो श्रीमान्बाट जन्मिएको एक मात्र छोरा कलिलो उमेर भए पनि निकै बाठो छ । अरु सबै छोरी । पहिलो श्रीमान्बाट जन्मिएको छोरी पहिलो लोग्नेसँगै धरानतिरै छिन् । यसरी जवानीमा केटाहरू फेर्दै हिँडेकी मिश्रालाई अहिले आफू बिग्रिएकोमा पछुतो लाग्छ रे !
जो अगुवा उही बाटो .....भनेझैं भोलि आफ्ना सन्तानले पनि आफूले झैं बाटो हिँडे भने भन्ने त्रासले घरी–घरी चिमोट्छ उनलाई । आफूले सही बाटो नपछ्याउँदा छोरीहरूको भविष्य सम्झिन्छन् । भोलि आफूजस्तै भए भने र उनीहरूको लोग्नेले मेरो कारण देखाउँदै गलहत्याए भने ‘के हुन्छ ?’ उमेर छँदा यो कुरा बुझिनन्, अहिले घरी–घरी पिरोल्ने गरेको सुनाउँछिन्, साथी सर्कलमा । चाहेर पनि सम्बन्धलाई मोबाइलमा गेम खेल्दा (तास, चेस) गल्ती हुँदा ब्याक गर्दै खेलेसरी ती दिनलाई फर्काएर बसमा राख्न सक्दिनन् । आफँैलाई धिक्कार्छिन् । अहिले पनि जेठा श्रीमान््बाहेक सबैजना गाउँमै छन् । उनीहरू कसैको घर तलतिर मास्तिर, वर–पर झ्यालबाट देख्न सकिन्छ । भेटघाट मात्र होइन, अर्मपर्म पनि चल्छ । कहिले कतै कुनै विषयवस्तुमा गम्भीर मनमुटाव भए पनि अर्मपर्मतिर जाँदा एकता भइहाल्दोरहेछ । र, सम्बन्ध पहिलेजस्तै । यौवन र धनलाई बसमा राख्न नसक्दा धेरैका घरबार बिग्रिएको छ । राजाहरू रंकमा रुपान्तरण भएका छन् । अर्बपतिहरू रोडमा आइपुगेका छन् ।
टिप्पणीहरू