नहाँसिकन जेलबाट निस्किए रञ्जन कोइराला

नहाँसिकन जेलबाट निस्किए रञ्जन कोइराला

श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको सजायँ पाएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला भर्खर डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

आठ वर्ष छ महिना डिल्लीबजार कारागारको ‘क’ ब्लकमा बिताएका उनलाई सर्वोच्च अदालतले “चित्त बुझाएर” कैद घटाइदिएको हो । उनलाई लिन कान्छी पत्नी तारा रेग्मी स्वीफ्ट गाडीमा जेल पुगेकी थिइन् । तर पत्रकारको बाक्लो उपस्थिति र भीडभाडको कारण गाडी जेल प्राङ्गणमा राखेर आफू बाहिर निस्किएकी थिइन् भने रञ्जनलाई प्रहरी चालकले सोही गाडीमा राखेर बाहिर ल्याइदिएका थिए ।

अब उनी ताराको घरतिर बिताउने गरी गएको बताइन्छ । तारा म्यानपावर व्यवसायी हुन् । यसक्रममा पूर्व उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तासँग अपहरण काण्डमा मुछिएकी थिइन् ।

टिप्पणीहरू