सिंहदरबारमा ठूला तीन दलका नेताको छलफल

सिंहदरबारमा ठूला तीन दलका नेताको छलफल

सिंहदरबारमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

उहाँहरुबीच पौने ३ बजेदेखि छलफल भएको बताइएको छ । आजको भेटमा आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको उम्मेदवार उठाउने विषय मुख्य रहेको स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू