वसन्तपुरमा चीर ठड्याइयो, होली औपचारिक प्रारम्भ
काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । आज बिहान विधिवत् रूपमा चीर ठड्याएपछि यो वर्षको होली प्रारम्भ भएको मानिन्छ ।
आज बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा धार्मिक विधिपूर्वक चीर ठड्याइएको हो । यो वर्षको फागुपूर्णिमा फागुन २२ र २३ गते परेको छ । काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा अघिल्लो दिन र भोलिपल्ट तराई तथा भित्री मधेशमा फागुपूर्णिमा मनाइन्छ ।
धार्मिक मान्यतानुसार हिरण्यकश्यपुले छोरा प्रह्लादको बध गर्न आफ्नी बहिनी होलिकाको काखमा राखेर आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त प्रल्हदाको सट्टा बहिनी होलिका नै भष्म भएकी थिइन् । प्रल्हादलाई आगोले छुन नसेकेको र होलिकाको मृत्युको खुशीयालीमा त्यो समयदेखि फागुपूर्णिमा मनाउने गरिएको हो ।
टिप्पणीहरू