बैंकको ब्याज घट्नुपर्ने माग गर्दै डडेलधुराका पसल बन्द
डडेलधुराका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउनुपर्ने माग अघि सारेका छन् । उनीहरुले बैंकको ब्याज चर्को रहेको उल्लेख गर्दै सदरमुकाममा ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।
आज डडेलधुरा सदरमुकामको बजार बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बजारका सबै पसल बन्द गरिएको छ । बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको जानकारी दिएका छन् । डडेलधुरा उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलन भएको हो ।
आन्दोलकारीहरुले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने माग अघि सारेका छन् । उनीहरुले भोलि र पर्सि पसल बन्द गरेर स्थानीय बैंक अगाडि धर्ना दिने कार्यक्रम राखेका छन् ।
टिप्पणीहरू