क्याबिनेट बिस्तारको गृहकार्य आजैदेखि : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै थालिने बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनको निम्ति गठन भएको आठ दलको गठबन्धन कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्रीको उक्त भनाइ आएको हो । सञ्चारकर्मीहरुले राखेको जिज्ञसामा उहाँले छिट्टै मन्त्रिपरिषद्ल पूर्णता पाउने बताउनुभएको छ । तर विश्वासको मत आगामी राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि लिइने उहाँको भनाइ छ । सोही प्रसंगमा उहाँले भन्नुभयो, ‘आठ दलको गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ ।’
नेपाली काँग्रेसको संयोजन र व्यवस्थापनमा राष्ट्रपति निर्वाचन सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज राजधानीमा आयोजना गरिएको छ । सत्ता गठबन्धनमा समर्थन जनाएका आठ राजनीतिक दलका शीर्ष नेताहरुले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने र उनीहरुका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो ।
टिप्पणीहरू