माधव नेपालका भाइलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड आलोकनगरमा

माधव नेपालका भाइलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड आलोकनगरमा

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत शनिबार निधन भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

आलोकनगरस्थित समाजवादीको मुख्यालय पुगेर प्रधानमन्त्रीले दिवंगत उपाध्यायको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली दिनुभएको हो । उपाध्यायको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय आलोकनगरमा राखिएको छ । समाजवादीका अध्यक्ष नेपालले भाइको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

अहिले समाजवादीको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित विभिन्न पार्टीका नेताहरु श्रद्धाञ्जली दिन पुग्नुभएको छ ।

अस्ति शनिबार शंखमुलको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर निधन भएका अध्यक्ष नेपालका सहोदर भाइ उपाध्यायको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

टिप्पणीहरू