प्रधानमन्त्रीलाई पर्सि बिहान १० बजे सर्वोच्चमा उपस्थित हुन बोलाइयो

प्रधानमन्त्रीलाई पर्सि बिहान १० बजे सर्वोच्चमा उपस्थित हुन बोलाइयो

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । रिटमाथि सुनुवाई गर्न अदालतले पर्सि बिहीबारको पेसीसमेत तोकेको छ । 

प्रधानमन्त्रीलाई पक्रेर मुद्दा चलाउन आदेशको माग गरिएको रिट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायतले छुट्टाछुट्टै दायर गरेका हुन् । निवेदकहरुले संक्रमणकालीन न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडितहरुको माग सम्बोधन गर्न सरकारले लामो समयदेखि उदासीनता देखाएको आरोप लगाएका छन् । 

सरकार उदासीन भएकै कारण आफूहरुले अदालतसमक्ष निवेदन गर्नुपरेको उनीहरुको भनाइ छ । सशस्त्र द्वन्द्वको क्रममा नियन्त्रणमा लिएर गरिएका कुनै पनि हत्यालाई अपराधीकरण गर्नुपर्ने र पीडकलाई सजायको व्यवस्था नभएसम्म संक्रमणकालीन न्यायको टुंगो नलाग्ने उनीहरुको निवेदनमा उल्लेख छ ।

सर्वोच्चले प्रधानमन्त्रीलाई पर्सि बिहान १० बजे अदालतमा हाजिर हुन भनेको छ ।

यस्तो छ, रिटको पूर्णपाठ  :

 

टिप्पणीहरू