भारतीय र अष्ट्रेलियाली नौसेनाबीच सम्बन्ध प्रगाढ बनाउने सहमति

भारतीय र अष्ट्रेलियाली नौसेनाबीच सम्बन्ध प्रगाढ बनाउने सहमति

भारतीय र अष्ट्रेलियाली नौसेनाले दुई मुलुकबीच कायम रहेको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने निर्णय गरेका छन् । भारत भ्रमणको क्रममा अष्ट्रेलियाली नौसेना प्रमुख भाइस एडमिरल मार्क ह्यामन्ड र भारतीय नौसेना प्रमुख एडमिरल हरि कुमारले उक्त सहमति गरेको बताइएको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार दुबै मुलुकका नौसेनाले हाल देखापरेका उदीयमान समुद्री सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने र समाधानमा सहयोगबारे पनि छलफल गरेका छन् । उनीहरूबीच स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक/आईओआर कार्यान्वयन गर्ने, सहयोग र अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने विषयमा पनि गहन कुराकानी भएको बताइएको छ ।

रोयल अस्ट्रेलियन नेवीका भाइस एडमिरल ह्यामन्ड तीन दिने भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनलाई भारतीय नौसेनाले साउथ ब्लक लनमा गार्ड अफ अनरका साथ स्वागत गरेको थियो ।

टिप्पणीहरू