मलमा अनुदान कटौतीको निर्णयप्रति राजावादी युवाहरु ठुस्स

मलमा अनुदान कटौतीको निर्णयप्रति राजावादी युवाहरु ठुस्स

राजावादीहरुको पार्टी भनेर चिनिएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारी निर्णयको विरोध गरेको छ । अनुदान कटौतीले मलमा मूल्यवृद्धि भएको जनाउँदै राजावादी युवाहरुले त्यसको विरोध जनाएका हुन् ।

आज विज्ञप्ति जारी गर्दै संगठनले कृषकलाई ठूलो आर्थिक भार पारेर सरकारले मूल्यवृद्धि गराएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संयोजक सुजित केसीले कृषि क्षेत्रलाई देशको अर्थतन्त्रको प्रमुख मानक बनाउनुपर्ने समयमा उल्टै रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।

‘कृषि क्षेत्रलाई कमजोर सिद्धगरी आयातलाई थप प्रवद्र्धन गर्ने निहित स्वार्थ प्रेरित किसानमारा कार्यको हामी घोर विरोध गर्दछौँ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनुपर्ने समयमा यस क्षेत्रप्रतिको राज्यको असंवेदनशील, गैरन्यायिक तथा हेपाहा व्यवहारको हाम्रो संगठन घोर भत्र्सना गर्दछ र नेपाल सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछ ।’

जनताका कठिनाई र समस्याहरु उपर नजरअन्दाज गरिरहने हो भने ती वर्गका विरुद्ध कठोरभन्दा कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू