प्रधानमन्त्री संसद भवनसँगैको बैठकमा व्यस्त

प्रधानमन्त्री संसद भवनसँगैको बैठकमा व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा लगानी बोर्डको बैठक भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको दक्षिणपूर्वी कुनोमा रहेको भवनमा बैठक बसेको जनाइएको छ ।

बोर्डको बैठक दुई महिनापछि बसेको हो । यसअघि पुस २४ गते प्रधानमन्त्री दाहालको अध्यक्षतामा बोर्डको बैठक बसेको थियो ।

उक्त बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको विकासको मोडालिटी तयार पार्न निर्देशन दिनेसँगै लगानी प्रवद्र्धन सम्मेलन गर्नेलगायत निर्णय गरेको थियो ।

टिप्पणीहरू