ललितपुर महानगरले एउटा पाटेबाघको जिम्मा लिने
ललितपुर महानगरपालिकाले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको खानपान र अन्तिम समयसम्मको जिम्मा लिने भएको छ । सोही जिम्मेवारीको घोषणा आज दिउँसो चिडियाखानाभित्रै आयोजना गरिने पत्रकार सम्मेलनमा गर्दैछ ।
‘जावलाखेलस्थित सदर चिडियाखानामा रहेको एउटा पाटेबाघलाई एडप्ट गर्ने निर्णय भएको छ,’महानगर स्रोतले भन्यो । त्यसबारे महानगरपालिका र सदर चिडियाखानाबीच समझदारी पत्रमा हस्ताक्षर गरिँदैछ ।
बाघको जिम्मेवारी लिने घोषणा आज दिउँसो ३ बजे चिडियाखानाभित्रै गरिँदैछ ।
टिप्पणीहरू